जुडो टोली थिम्पु जाने

Manoj Shiama
15 September, 2015 7:21 pm

cwcn judo
मैत्रीपूण जुडो प्रतियोगिता तथा जोइन्ट ट्रेनिङ क्याम्पमा सहभागी हुन बाल वातावरण केन्द्र, नेपाल (सीडब्लुसीएन) का जुडो खेलाडीसहितको १४ सदस्यीय टोली बुधबार भुटानको थिम्पु प्रस्थान गर्ने भएको छ । १९ सेप्टेम्बर १९ र २० तारिखमा हुने प्रतियोगिताको पुरुष ३५ केजीमा सन्तोष नेपाली, ४० केजीमा सचिन वाइबा, ४५ केजीमा सुरज नेपाली, ५० केजीमा उज्ज्वल श्रेष्ठ, ५५ केजीमा सन्जोग भट्ट तथा ६० केजीमा दिनेश मगरले प्रतिस्पर्धा गर्नेछ ।
महिलाको ४४ केजीमा सीता सार्की, ४८ केजीमा मनीषा महर्जन र ५२ केजीमा कविता नेपालीले भाग लिने छन् । टोलीनेतामा सीडब्लुसीएनका अध्यक्ष एवं नेपाल जुडो संघका सचिव धर्मकुमार श्रेष्ठ, अफिसियलमा सीडब्लुसीएनका महासचिव अशोक सिवाकोटी, प्रशिक्षकमा रमेश मगर तथा व्यवस्थापकमा खिलाबहादुर बजगाईं (रवि) र ज्योति रानी मलिक रहेका छन् ।