संविधान पारित भएको खुशियालीमा दीप प्रज्वलन

Manoj Shiama
18 September, 2015 8:00 pm

dip2
नेपाल स्पोर्ट्स क्लबले नयाँ संविधान पारित भएको खुशियालीमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा दीप प्रज्वलन कार्यक्रम आयोजना ग¥यो ।    कार्यक्रममा राखेप सदस्य–सचिव केशवकुमार विष्ट, ओलम्पियन वैकुण्ठ मानन्धर, जितबहादुर केसी, संगीना वैद्य, दीपक विष्ट, देबु थापा, चन्द्रकला थापा, सागका स्वर्णधारी दीपक श्रेष्ठ, कुशल श्रेष्ठ, सुनील लामा, कराते खेलाडी तारा गुरुङ, पर्शुराम बाँस्तोला, विभिन्न खेलका खेलाडी, खेल संघका पदाधिकारी, प्रशिक्षकलगायत सहभागी थिए ।
सहभागीले मैनबत्ती प्रज्वलन गरी त्रिपुरेश्वर चोकको परिक्रमा गरेका थिए । कार्यक्रमलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि एक्यबद्धता जनाएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले दीप प्रज्वलनको प्रकाशले नेपाललाई सधैभरी उज्यालो बनाइ राखोस् भनी कामना गरे ।