प्रवीण र अभिषेक पहिलो

Manoj Shiama
20 September, 2015 3:29 pm

lalitpur badminton
ललितपुरका प्रवीण लिम्बू र अभिषेक गुरुङको जोडीले ललितपुर जिल्लाव्यापी ब्याडमिन्टन प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको फाइनलमा प्रवीण र अभिषेकको जोडीले थेचो क्लबका विकास महर्जन र इन्द्र कार्कीको जोडीलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गरे ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघद्वारा आयोजित प्रतियोगितामा यङस्टर्सका सुनील शाक्य र सुमन शाक्य तथा डाथुलन क्लबका राजु वज्राचार्य र सुमित महर्जनको जोडी संयुक्त रुपमा तेश्रो स्थानमा रहे । पहिलो हुनेले ६ हजार, दोश्रोले ४ हजार तेश्रो हुनेले २÷२ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती, नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष प्रकाशबहादुर शाही, ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठ, सचिव वीरेन्द्र श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । डबल्स स्पर्धा मात्र समावेश चारदिने प्रतियोगितामा ५८ पुरुष जोडीले प्रतिस्पर्धा गरेका थिए ।