राखेप सदस्य श्रेष्ठ प्रशिक्षकबाट सम्मानित

Manoj Shiama
1 October, 2015 6:48 am

birendra samman1
नेपाल सरकार मन्त्री परिषद्बाट राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएका नेपाल ब्याडमिन्टन संघका सचिव एवं पूर्व खेलाडी वीरेन्द्र श्रेष्ठलाई राखेपको सदस्यमा नियुक्त भएकोमा ब्याडमिन्टनका पदाधीकारी, प्रशिक्षक तथा खेलाडीहरुले परिषद्को कभर्डहलमा सम्मान गरेका छन् ।
उनलाई ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठ, सदस्य नविन विक्रम शाह, प्रमुख प्रशिक्षक रजनी जोशी, प्रशिक्षकहरु शान्ति मानन्धर, मेघराज कठायत, जयन्त श्रेष्ठ, किरण थापा, सुदीप योञ्जन, विवेक थापा, काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले सम्मान गरे । खेलाडीहरु सरादेवी तामाङ्ग, विकास श्रेष्ठ, नङ्गशल तामाङ्ग, साजन ताम्राकार, विष्णु कटुवाल लगायतले खादा तथा अविर लगाई सम्मान गरेका थिए ।
सोही अवसरमा बोल्दै महासचिव रामजीले ब्याडमिन्टन संघका सचिव राखेपको सदस्य भएकोमा खुशी ब्यक्त गर्नुका साथै अवका दिनमा ब्याडमिन्टन खेलको विकासमा नयाँ आयाम थपिनेमा विश्वस्त रहेको भन्दै श्रेष्ठको कार्यकालको लागि शुभकामना ब्यक्त गरे ।
सोही अवसरमा ब्याडमिन्टन वल्र्ड फेडेरेशनद्वारा प्रदान गरिएको ओलम्पिक सोलीडारीटीकोर्ष लेभल वानकोर्ष उत्तीर्ण गरेको शान्ति मानन्धर र विवेक थापालाई बिडब्लुएफद्वारा प्रदान गरिएको प्रमाणपत्र महासचिव श्रेष्ठले प्रदान गरे ।