आईटीएफमा नेपाल दोश्रो

itff1
चौथो दक्षिणएसियाली तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिपमा नेपाल टिम उपविजेता बनेको छ ।पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल ८ स्वर्ण, ८ रजत र ९ कांस्य हात पार्दै उपविजेता बनेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष अन्जन धमालाले जनाएकाछन् ।
तुलसा राजथलाले २ तथा भीमबहादुर तामाङ, तुलसी थापा मगर, रोशन आचार्य, बसन्ती मगर, अस्मि श्रेष्ठ र आकाश चन्द्रले १–१ स्वर्ण जिते ।
पुकार केसी, राजन रसाइली, म्युजिता खतिवडा, तुलसा,डिलन राई र निर्मला गुरुङले रजत हात पारे । नेपालले सिनियर र जुनियर ग्रुप प्याटर्नमा पनि रजत हात पारेको बताइएको छ ।त्यस्तै विकल पौडेलले २ तथा विशाल थापा मगर, भूमिराज बुढा मगर, अस्मि, भीम, राजनर आकाशले १–१ कांस्य प्राप्त गरे । प्रतियोगिता २७ देखि ३०सेप्टेम्बर सम्म भारतको गोवामा भएको थियो ।

Comment