शैक्षिक क्षेत्रमा नासाको प्रयास

Manoj Shiama
7 October, 2015 10:51 pm

gurung ni1

सन्  १९९५ मा वेलायतबाट शुरु भएको वा टु स्कुल कार्यक्रम नेपालमा विधिवत प्रवेश भएको छ । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) ले अक्टेबार सातका दिन  मनाउने सो दिवसको नेपालमा बुधबार शुरु ग¥यो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य अस्मिता गुरुङ्गले काठमाडौ प्रज्ञा कुञ्ज स्कूलबाट सो अभियानको शुरुवात गरिन् । फय्व इकोनोमी, सेफ मोबीलटी र ग्रीन ट्रान्सपोर्टेसनका लागि उपयोगी पर्याय मानिएको अभियान बाट संसारमा ५० सौँ लाख बालबालिकाहरु लाभांन्वित हुँदै आएको नासाले जनाएको छ । इन्धनको संकट भोगि राखेको नेपाल जस्तो देशको लागी त यो अभियाननिकै फलदायीहुन सक्ने बिश्वास नासाले राखेको छ ।
पैदल विद्यालय जाने बालबालिकाहरुको मांशपेशी, मस्तिष्क र सिङ्गो शारिरीक विकासमा समेत सघाउ पु¥याउने विशेषज्ञहरुले बताएका छन् । नेपालमा युएन ग्लोबल विकको समेत शुरुवात गरेको नासाको अन्तराष्ट्रिय महासंघ( फीया)का अध्यक्ष तथा सडक सुरक्षाका लागि राष्ट्रसंघका प्रतिनिधी जीयान टोडको आह्वानमा नासा लगायतका संसार भरिका मोटरिङ्ग एसोसिएसनहरुले विश्वव्यापी रुपमा मनाइरहेका छन् ।
अभियानलाई व्यवहारिक रुपमा समेत लागु गर्ने विश्वासका साथ वार्षिक कार्यक्रमको समेत घोषणा गरिएको छ ।