ट्रायथलनमा सेनाको बर्चस्व
सातौ राष्टिय खेलकुद प्रतियोगिता अन्तरगत भएको चौथौ राष्टिय टाइयाथलन च्याम्पियनसिपमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ४ स्वर्ण, ३ रजत र २ कास्य सहित आधिपत्य जमाएको छ । कास्कीको वेगनास तालमा भएको प्रतियोगिताको टाइयाथनल अन्तरगतको स्टानडर्ड तर्फ सेनाका रुद्र कटुवालले १५ सय मिटर पौडी, ४० किमि साईक्लिड र १० किमि दौड २ धन्टा २९ मिनट ०६ सेकेन्डका साथ स्वर्ण पदक प्राप्त गरे । दोश्रो स्थानमा सेनाका टिका राम थापा रहे भने तेश्रो स्थानमा सशस्त्रका रमेश कुमार दर्लामी भए ।
टाईयाथलनकै स्प्रिन्ट तर्फ सेनाका बशन्त थारुले ७५० मिटर पौडी, २० किमि साईक्लिड र ५ किमिको दौड १ घन्टा १५ मिनट र २८ सेकेन्डका साथ पुरा गर्दै स्वर्णलाई आफ्नो खल्तिमा हाले । दोश्रो स्थानमा सेनाका हिमाल टमाटा र तेश्रो स्थानमा सशस्त्रका आशनारायण चौधरी रहे ।
महिला तर्फको स्प्रिन्ट तर्फ सेनाकी केशरी थापामगर १ घन्टा ३९ मिनट र १० सेकेन्डका साथ प्रथम हुंदै आफ्ना प्रतिद्धन्दिलाई पछि पार्न सफल भईन् । मध्यमाञ्चलकी रोजा के.सी. द्वितिय र सेनाकी याम कुमारी घले तृतीय भईन् ।
५ कि.मि. दौड २० किमि साईक्लिड र २.५ किमि दौडको दुवाथलनको उपाधी पुरुष तर्फ सेनाका मानबहादुर थापामगर र महिला तर्फ मध्यपश्चिमकी हुमी बुढाथोकीले हात पारे । थापामगरले उक्त दूरी १ घन्टा १२ मिनट र १३ सेकेन्डमा पुरा गरे भने हुमीले १ घन्टा ३८ मिनट र २९ सेकेन्डमा पुरा गरिन् । पुरुष तर्फ सशस्त्रका लक्ष्मण मल्ल ठकुरी र किरण कुमार मल्ल दोश्रो र तेश्रो भए । महिला तर्फ सेनाका मन्जुकुमारी खड्का र पुष्पा कुमारी भन्डारी दोश्रो र तेश्रो भए ।
विजयी खेलाडीहरुलाई राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण समारोहमा राखेपका सदस्यहरु विरेन्द्र श्रेष्ठ, फत्त गुरड र उपेन्द्र पौडेल, परिषका सल्लाहकार सालिकराम खड्का, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र कार्यालय प्रमुख लव श्रेष्ठ, मध्यमाञ्चल खेलकुद विकास समितिका सदस्य उमेश केसी, सोलु खेलकुद विकास समितिका अध्यक्ष डिबि सारुको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा ५ विकास क्षेत्र, विभगिय टिम नेपाली सेना र सशस्त्रका महिला र पुरुष गरि ४० जनाको सहभागिता रहेको थियो । यो प्रतियोगिता १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको छनोट प्रतियोगिता समेत रहेको छ ।