रमेश र सबिन सयुक्त पहिलो स्थानमा

Manoj Shiama
25 November, 2015 10:08 am

surya nepal golf1

सुर्य नेपाल गल्फको पहिलो चरणको खेलमा रमेश नगरकोटी र सबिन सापकोटा मगंलबार सयुक्त रुपमा पहिलो स्थानमा रहे । रोयल नेपाल गल्फ क्लबमा भएको सुर्य नेपाल गल्फ टुर २०१५–०१६ अन्तर्गतको दोस्रो इभेन्टमा सापकोटा र नगरकोटीले समान पहिलो स्थान ओगटेका हुन । पार ६७ को रोयल नेपालका रमेश र ड्रेस्डेन इल्फ्रोरेन्जका सापकोटाले समान दूई अन्डर ६५ स्कोर कार्ड बनाए । त्यस्तैनेपाल नम्बर एक प्रों शिवराम श्रेष्ठ,एलम्बर शिहं अधिकारी र जयराम श्रेष्ठ सयुंक्त रुपमा तेस्रो स्थानमा रहे । उनिहरुले समान एक अन्डर ६६ स्कोर जोडे । इभन पार ६७ स्कोरका साथ दिनेश प्रजापति र दिपक थापा मगरले पनि सातौँ स्थान बाडे । अर्कोतर्फ भूवन नगरकोटी एक ओभर ६८ स्कोरका साथ नवौँ,रवि खड्का र रामे मगरले समान स्कोर गर्दै दशौ स्थानमा रहे । रामकृष्ण श्रेष्ठले दुई ओभर ६९ स्कोर कार्ड बनाए ।
सविनले दोस्रो,चौथो र आठौँ होलको बोगीको मद्धतले फ्रन्ट नाइनमा एक अन्डर ३२ स्कोर जोडेका थिए । फ्रन्ट नाइनमा उनले पार तीनको तेस्रो होलमा डबल बोगी खेपेका थिए । ब्याक नाइनमा एक अन्डर ३३ स्कोर जोडेका सबिनले १०,११ र १३औँ होलमा बोगी गर्दा  पार तीनको १४औँ होलमा डबल बोगी खेपे । रमेशले फ्रन्ट नाइनमा एक अन्ड ३२ स्कोर कार्डै गर्दै तेस्रो,चौथो र नवौँ होलमा बर्डीज गरे भने पहिलो र पाचौ होलमा बोगी खेपे । ब्याक नाइनमा उनले १३औँ र १८औँ होलमा बर्डीज गर्दा १२ होलमा खेर फाले ।  नेपाल नम्बर एक शिवरामले फ्रन्ट नाइनमा एक अन्डर ३२ स्कोरको कार्ड बनाए । जसमा उनले चौथो र आठौँँ होलमा बर्डीज प्रहार गर्दा सातौँ होलमा बोगी खेप्न बाध्य भए । ब्याक नाइनमा भने उनले १२औँ होलमा सट खेर फाल्दै अर्को हेलमा बर्डीज गरे ।  यलम्बर अधिकारी फ्रन्ट नाइनमा तीन ओभर र ब्याक नाइनमा चार अन्डर ३० स्कोरको कार्ड बनाए ।  जयरामले फ्रन्ट नाइनमा एक ओभर ४३ स्कोरका साथ चौथो होलमा बर्डी गर्दै सातौ र नवौँ होलमा बोगी खेपे । ब्याक नाइनमा भने १३औँ र १६औँ होलमा बर्डी गर्दै दुई अन्डर ३२ स्कोर कार्ड बनाए । रमेश अधिकारी फ्रन्ट नाइनमा इभन पार गर्दै तेस्रो,चौथो र सातौँ होलमा बर्डीज गरे भने पहिलो,छठौँ र आठौँ होलमा बोगी खेपे ।  दोस्रो नाइनमा भने उनले १६औँ,१८औँ होलमा बर्डी र १७औँ होलमा बोगी खेप्दै एक अन्डर ३३ स्कोर गरे ।  एमेच्योरतर्फ भने टकं कार्कीले अग्रता लिए । उनले तीन ओभर ७० स्कोर गरे । दोस्रो स्थानमा रहेका पृथ्वी मल्लले छ ओभर ७३ र तेस्रोका प्रताप विक्रम राणाले सात  ओभर ७४ स्कोर कार्ड बनाए । कुल ३६ खेलाडीको सहभागीता रहेको यस प्रतियोगितामा प्रो. तर्फ २९ र एमेच्योरतर्फ ७ खेलाडीको सहभागीता रहेको थियो । चारदिने प्रतियोगितामा दोस्रोदिन देखि २१ खेलाडी मात्र छनोट गरीनेछ । प्रतियोगिताको विजेताले ७० हजार,उपविजेताले ४४ हजार र तेस्रोले ३२ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।