दोस्रो दिन रमेश र दिपकको अग्रता
सुर्य नेपाल गल्फ टुरको दास्रो दिनको खेलमा रमेश अधिकारीले र दिपक थापा मगरले बुधबार सयुक्त रुपमा अग्रता हात पारे । रोयल नेपाल गल्फ क्लबमा भएको सुर्य नेपाल गल्फ टुर २०१५–०१६ अन्तर्गतको मगर र नगरकोटीले समान पहिलो स्थान ओगटेका हुन । पार ६७ को रोयल नेपालका रमेश र दिपकले कुल ३६ होलको खेलमा दुई अन्डर १३२ स्कोर कार्ड बनाउदै सयुक्त रुपमा अग्रता लिए ।
दोस्रो दिनको खेलमा रमेशले एक अन्डर ६६ स्कोर कार्ड बनाएका थिए । दिपकले भने दुई अन्डर ६५ स्कोर गरे । रमेशले फ्रन्ट नाइनमा एक अन्डर ३२ तथा क्याक नाइनमा इभन पार ३४ को कार्ड बनाए । उनले चौथो तथा सातौँ होलमा बर्डीज गर्दा नवौँ होलमा बोगी खेपे । ब्याक नाइनको १०औँ,१२ र १४औँ होल रमेशले बर्डीज प्रहार गरे । तर १३ होलको सट खेर फालेका उनले १५औँ होलमा डबल बोगी खेप्दै खराब प्रदर्शन गरे ।
भेट्रान प्रो दिपक राइले फ्रन्ट नाइनमा तीन अन्डर तथा ब्याक नाइनमा एक ओभर ३५ को स्कोर कार्ड बनाए । बोगीद्धारा दिनको शुरुआत गरेका दिपकले चौथो होलमा इगल प्रहार गरे । उनले पाचौँ र सातौ होलमा बर्डीज प्रहार गरे । ब्याक नाइनमा दिपकले ११औँ र १३औँ होलमा बर्डीज प्रहर गर्दा १४,१७ र १८औँ होलमा बोगी खेप्न बाध्य भए ।
भुवन नगरकोटीले दोस्रो दिन दुई अन्डर ६५ स्कोरका साथ कुल एक अन्डर १३३ स्कोर बनाउदै रमेश नगरकोटी(६८)सगँ सयुक्त रुपमा तेस्रो स्थानमा रहे । भुवनले फ्रन्ट नाइनमा दुई अन्डर ३१ स्कोर गर्दा तेस्रो र चौथो होलमा बर्डीज प्रहार गरेका थिए । ब्याक नाइनमा भने उनले इभन पार ३४ को स्कोर कार्ड बनाएका थिए । दोस्रो दिन एक ओभर ६८ स्कोर गरेका एलम्बर शिंह अधिकारीले कुल इभन पार १३४ स्कोर कार्ड बटुल्दै पाचौँ स्थानमा रहे । त्यस्तै सबिन सापकोटा (७०) र डिफेन्डीङ च्याम्पियन रबि खड्का (६६) गर्दै कुल १३५ का साथ छठौँ स्थानमा रहे ।
। त्यस्तै नेपाल नम्बर एक प्रों शिवराम श्रेष्ठ आठौँ स्थानमा रहदा दोस्रो दिन तीन ओभर ७० का साथ कुल दुई ओभर १३६ को कार्ड बनाए । जयराम श्रेष्ठ(७१) का साथ १३७ नवौँ र रामकृष्ण श्रेष्ठ कुल १३८ का साथ दशौँ स्थानमा रहे । रामकृष्णले दोस्रो दिन ६९ स्कोर कार्ड बनाए । कुल २१ खेलाडीको छनोट हुने प्रतियोगितामा १२ पश्चात कट अफ फरम्याट लागु हुनेछ भने जसमा २१ प्रों र एमेच्योरले बाकी दुई राउन्डमा खेल्ने अवसर प्राप्त गरे । जस अन्तर्गत बल बहादुर राई,रामे मगर,सन्जय लामा,धन बहादुर थापा,सचिन प्रसाद भटृराई,दिनेश प्रजापति ,विकास बोगटी,आषिस परियार,पशुपति शर्मा,विकाश अधिकारी र प्रदिप कुमार लामा कटअफबाट बचे । एमेच्योर तर्फ भने टङ्क बहादुर कार्की मात्र दोस्रो चरणमा प्रवेश गरे । उनले चार ओभर ७१ गर्दै कुल सात ओभर १४१ बनाउदा कट अफबाट बचे ।
कुल ३६ खेलाडीको सहभागीता रहेको यस प्रतियोगितामा प्रो. तर्फ २९ र एमेच्योरतर्फ ७ खेलाडीको सहभागीता रहेको थियो । चारदिने प्रतियोगितामा दोस्रोदिन देखि २१ खेलाडी मात्र छनोट गरीनेछ । प्रतियोगिताको विजेताले ७० हजार,उपविजेताले ४४ हजार र तेस्रोले ३२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।