किरात राई खेलकुद संघबाट पूर्व भलीबल खेलाडी तथा मन्त्री राइको स्वागत

Manoj Shiama
12 December, 2015 3:46 pm

photo2
किरात राइ खेलकुद संघले सुचना तथा सञ्चार प्रबीधी मन्त्री शेरधन राईलाई शनीबार सम्मान गरेको छ  । भलीबलका पूर्व खेलाडी राईलाई संघले भलीबलको दक्षिण एसियाली खेलकुदका लागि जारी छनोट कार्यक्रम स्थलमा सम्मान गरेको हो । प्रमुख अतीथी किरात राइ यायोक्खाकी अध्यक्ष  यशोदा राईले शेरधनलाई सम्मान पत्र प्रदान गरिन् ।
सम्मानीत राई ४० को दशकमा सक्रिय भलीबल खेलाडी थिए । कार्यक्रममा बोल्दै राईले आफ्नो पहिलो परिचय नै भलीबलबाट बनेको बताए । किरात राई खेलकुद संघका अध्यक्ष बरिष्ठ कराते प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद्, तालीम तथा प्रशिक्षण विभागका उपनिर्देशक महेन्द्र कुमार राईको सभापतीत्वमा भएको सम्मान कार्यक्रममा नेपाल भलीबल संघका उपाध्यक्ष तथा परिषद् बोर्ड सदस्य उपेन्द्र यादवको पनि उपस्थिती थियो । साथै भलीबल प्रमुख प्रशिक्षक सुदेश रिमाल,भलीबल खेलाडी तथा रेफ्रिहरु, किरात खेलकुद संघ तथा किरात यायाक्खा अधीकारीहरुको उपस्थिती थियो । कार्यक्रममा सस्थाका अध्यक्ष महेन्द्रले भलीबल संघका उपाध्यक्ष यादव तथा  मुख्य प्रशिक्षक सुदेश रिमाललाई मायाको चिनो प्रदान गरे ।
आयोजक किरात राई खेलकुद संघ पछिल्लो समय नेपाली खेलकुदमा सक्रिय संस्थाको छबी बनाउन सफल भएको छ । १२ बैशाखमा गएको भुकम्प पछि पिडितहरुको सहयोगमा सक्रिय रहदै यो सस्थाले आफू मानबीय सम्बेदनाको सवालमा गम्भीर भएको छाप छाड्न सफल भएको थियो । यो सस्थाको सहयोगी भावनाले धेरै प्रभावित भइसकेका छन् । यसैगरी, महेन्द्र कुमार राईको नेतृत्वमा रहेको यो संघ खेलकर्मीहरुको जिवनमा आउन सक्ने गम्भीर दुर्घटना टार्न महत्वपूर्ण भुमिका रहोस भन्ने हेतुले अक्षयकोष स्थापनाको अभियानमा पनि सक्रिय छ ।