नैकाप फुटबल मैदानको निरीक्षण

Manoj Shiama
15 December, 2015 8:16 am

naikape
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले नयाँ नैकापस्थित फुटबल मैदानको निरीक्षण गरेका छन् । चन्द्रागिरी नगरपालिका वार्ड नं. २५ मा रहेको मैदानको सदस्य–सचिव विष्टले निरीक्षण गरेका हुन् ।
उक्त मैदान निर्माणका लागि २०६८ सालमा रामहरि बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नैकाप फुटबल ग्राउन्ड निर्माण समिति बनाइएको थियो । त्यसयता मैदान बनाउन करिब २४ लाख खर्च भइसकेको अध्यक्ष बस्नेतले जानकारी गराए । सो मैदानका लागि राखेपले पनि १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
५६ रोपनी २ आना २ पैसा क्षेत्रफलमा राष्ट्रियस्तरको मैदानसहित प्यारापिट बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताए । प्यारापिट निर्माणका लागि डिजाइन तयारी गरी योजना विभागमा प्रस्ताव पठाउने बस्नेतले जानकारी गराए ।निरीक्षण पश्चात सदस्य–सचिव विष्टले त्यहाँ निर्माण हुने पूर्वाधारका लागि डिजाइन तयार गर्न राखेपबाट प्राविधिक पठाइ दिने प्रतिबद्धता जनाए । सदस्य–सचिव विष्टले परिषद्ले उपलब्ध गराएको रकमको पेश्की फछ्र्यौट गरेपछि थप रकम उपलब्ध गराउने विषयमा सोच्न सकिने बताए । निरीक्षणका दौरान राखेप सदस्य सैलेश कर्माचार्यको उपस्थिति थियो ।