सिभिल बैंक स्क्वास बुधबारदेखि

Manoj Shiama
22 December, 2015 9:34 am

civil bank squashe
नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा तेश्रो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिप बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष÷महिला खुला, भेट्रान्स ५० वर्षभन्दामाथि तथा जुनियर ब्वाइजको यु–१७ उमेरसमूहमा खेल हुनेछ । ८० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष एवं प्रचार प्रसार संयोजक किरण श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।यसै प्रतियोगिताबाट भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने पुरुष÷महिला खेलाडीको प्रारम्भिक छनोट गरिने छ । समान ६–६ पुरुष÷महिला खेलाडी पहिलो चरणमा छनोट हुने छन् ।
पहिलो चरणमा छनोट हुने खेलाडीले अन्तिम छनोटका लागि पछि राउन्ड रविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । आ–आफ्नो समूहमा शीर्ष ४ स्थानमा रहने खेलाडी सागका लागि छनोट हुने छन् । चारदिने प्रतियोगिताका खेलहरु सातदोबाटोमा हुनेछ ।