जुम्ल्याहा राणा जोडीलाई उपाधि

tennis tthursdaye

जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडीले १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको गल्र्स डबल्स उपाधि बिहीबार जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा राणा जोडीले अर्को जुम्ल्याहा दिदीबहिनी क्याथ्रिन र एनी माथेमाको जोडीलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे ।
उक्त स्पर्धाको ब्वाइजमा रेन्जन लामा र सक्षम कार्कीको जोडी च्याम्पियन बने । फाइनलमा उक्त जोडीले अदित सुवेदी र सहर्ष बीबी चन्दलाई सीधा सेटमा ६–० र ६–० ले हराए ।
मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा यु–९ गल्र्स सिंगल्सको उपाधि शिवाङ्गीश्री शाहले जितिन् । शिवाङ्गीले इभा अधिकारीको चुनौती फाइनलमा ८–४ ले समाप्त पारिन् ।रायना शाह यु–१० गल्र्स सिंगल्समा पहिलो भइन् । उपाधि भिडन्तमा रायनाले इशाश्री शाहलाई ८–३ ले निराश पारिन् ।यु–९ ब्वाइज सिंगल्समा आदित्य सुवेदीले रिजन श्रेष्ठलाई ८–० तथा आरभसम्राट हाडाले अकी जुवेन रावतलाई ८–५ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
यु–१० ब्वाइज सिंगल्समा आरभसम्राट हाडाले आदित्य सुवेदीलाई ८–६ तथा अकी जुवेन रावतले रिजन श्रेष्ठलाई ८–१ ले निराश पार्दै फाइनल यात्रा तय गरे ।यु–१८ गल्र्स सिंगल्समा माहिका राणाले मायांका राणालाई ०–६, ७–६ र ६–४ तथा एनी माथेमाले क्याथ्रिन माथेमालाई ६–३ र ६–१ ले पन्छ्याउदै फाइनल भिडन्त पक्का गरे ।
यु–१४ गल्र्स सिंगल्समा इरा रावतले प्रेरणा कोइरालालाई ६–१ र ६–४ तथा अभिलाषा विष्टले इशाश्री शाहलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगे । सो स्पर्धाको ब्वाइजमा प्रशान्त बस्नेत, सम्यकभूषण वज्राचार्य, दिपेश केसी र सहर्ष बीबी चन्द आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै सेमिफाइनलमा स्थान बनाउन सफल भए ।

Comment