आयोजक भ्याली र एचएचसीएलाई उपाधि

basketball final2
दशौँ भ्यालीपब्लिक अन्तरबिद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक भ्यालीपब्लिक र हिमालयन हेल्पलेस चाईल्ड एकेडेमी (एचएचसीए) ले जितेको छ । शनिवार भएको गल्सतर्फको फाईनल खेलमा भ्यालीपब्लिकले एचएचसीएलाई ३०–१७ ले हरायो । पहिलो क्वाटर देखिनै दवामा राखेको भ्यालीले दोश्रो क्वाटरको समाप्तिमा १४–१ को अवस्थामा रोक्न सफल भएको थियो । एचएचसीएले तेश्रो क्वाटरमा भने ११–६ ले अग्रता लिदै खेलमा फर्कने संकेत देखाएको थियो । तर चौथो क्वाटरमा भ्यालीले पूनः पकट जमाउदै १०–५ को अग्रतासगै खेल समाप्त भयो । भ्यालीले समग्रमा १३ अंकको जित निकाल्दा लक्ष्मी चौधरीले सर्वाधिक १४ स्कोर गरिन् । एचएचसीएकी सञ्जु हायु राईले समान १४ स्कोर गरेपनि टिमलाई पराजयबाट बचाउन सकिनन् । गल्सतर्फनै इनोभेटिभ तेश्रो भयो । ममता गुरुङको सर्वाधिक ११ स्कोरको मद्दतमा इनोभभेटिभले बागमतिलाई २६–२१ ले हरायो ।
सुन्दरबस्ती स्थित आयोजकको कोर्टमा भएको ब्वाईजतर्फको फाईनल खेलमा एचएचसीएले उपाधि जितेको छ । गल्फतर्फको पराजयको बदला लिदै एचएचसीएले भ्यालिपब्लिकलाई ५०–३२ को फराकिलो अन्तरले हरायो । बिशाल राईको उत्कृष्ट प्रदर्शनमा एचएचसीएले चारै क्वाटरमा १२–३,१०–७,९–७ र १९–१५ ले अग्रता लिएको थियो । बिशालले सवार्धिक १६ स्कोरको गरे । ब्वाईजतर्फनै ग्रिनल्याण्ड तेश्रो भयो । आशिष श्रेष्ठको सर्वाधिक १९ स्कोरको सहयोगमा ग्रिनल्याण्डले भद्रकालीलाई ४२–१९ को फराकिलो अन्तरले हराएको थियो ।
प्रतियोगितामा गल्सतर्फ आयोजक भ्यालीपब्लिककी लक्ष्मी चौधरी तथा ब्वाईजतर्फ राजकुमार राई मस्ट भ्यालुएवल प्लेयर चुनिए । गल्सतर्फ एचएचसीएकी मिङ्मा शेर्पा तथा ब्वाईजतर्फ ग्रिनल्याण्डका रुपेश खड्का प्रतियोगिताको उच्चतम स्कोर गर्ने खेलाडि चुनिए । गल्सतर्फ भ्यालीपब्लिककी छिरिङ छोकी शेर्पा र ब्वाईजमा भ्यालीकै राहुल बिकले सर्वाधिक थ्री पईन्ट गर्ने खेलाडिको उपाधि पाए । बिजेता टिम तथा खेलाडिलाई प्रमुख अतिथि युकेका भूपु कर्णेल एवं आयोजक भ्यालीपब्लिक स्कुलका अन्तर्राष्ट्रिय सल्लाकार रोजर एम ब्रुमहिल,काठमाण्डौं प्याप्सनका अध्यक्ष थकिनकुमार गुरुङ,इनोभेटिभ स्कुलका प्रिन्सिपल अनन्द कुवर, आयोजक स्कुलका अध्यक्ष मेजर लिलवहादुर गुरुङ, आयोजक स्कुलका प्रिन्सिपल कृष्णप्रसाद अधिकारीलगायतले पुरस्कृत गरेका थिए ।

Comment