जापानिज गुरुद्वारा ब्याडमिन्टनलाई सहयोग

badminton japanesetब्याडमिन्टनका जापानिज गुरु त्सुगियो यामामोतोले नेपालमा ब्याडमिन्टनको विकासका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
उनले आफु र आफ्ना साथीहरुबाट संकलन गरिएको ९० हजार येनमध्ये ४० हजार येन भोजपुरमा निर्माण भईरहेको ब्याडमिन्टन कभर्डहल निर्माणको लागि खेलाडी विकास श्रेष्ठलाई र ५० हजार येन राष्ट्रिय टिममा रहेका खेलाडीहरुको प्रशिक्षणका लागि सटल कर्क खरिद गर्न नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठलाई प्रदान गरेका छन् ।
गुरु यामामोतोले नेपालका नाम चलेका ब्याडमिन्टन खेलाडीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । पूर्व राखेप सदस्य सचिव किशोरबहादुर सिंह लगायत पूर्व च्याम्पियनहरु पशुपती पनेरु, बलराम थापा, विकास श्रेष्ठ, पुजा श्रेष्ठ, सुमिना श्रेष्ठ, सरादेवी तामाङ्गहरुले उनीबाट प्रशिक्षण लिने अवसर प्राप्त गरेका थिए ।
नेपालको लागि जापानी सहयोग नियोग जाईकाको सहयोगमा पहिलो पटक १९७० देखि ७२ र दोश्रो पटक २००४ देखि २००७ सम्म उनले नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिएको संघका महासचिव रामजीबहादुर श्रेष्ठले जानकारी गराए । उनको प्रशिक्षण पश्चात नेपाली खेलाडीहरुको स्तरमा बृद्धि भएको समेत महासचिव श्रेष्ठले बताए ।

Comment