रग्वी टोली दिल्ली प्रस्थान

Manoj Shiama
19 November, 2014 10:33 pm

rugby1

नयाँ दिल्लीस्थित हरिक्यान रग्वी क्लबको आयोजनामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण रग्वी मैत्रीपूर्ण प्रतियोगितामा सहभागी हुन १५ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । नेपालले अन्तर्राष्ट्रिय रग्वी प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउन लागेको नेपाल रग्वी संघका महासचिव चेतनराज गिरीले जनाएका छन् । प्रतियोगिता नोभेम्बर २१ देखि २३ तारिखसम्म जवाहरलाल नेहरु रंगशालामा हुनेछ ।
खेलाडीहरुमा नविन गिरी (कप्तान), कृष्णप्रसाद धमला, रविन भुजेल, कृष्ण क्षेत्री, गणेश भण्डारी, श्याममणि तिमल्सिना, निर्मल लामा, सन्जित ढुंगाना, विनोद तामाङ, उज्ज्वल बडाल, अर्जुन क्षेत्री, थमन भुसाल, देवा यादव, मनोज कटुवाल तथा विराट ऐडी रहेका छन् । टोली नेतामा गोपाल क्षेत्री, व्यवस्थापकमा गोविन्द घिमिरे तथा प्रशिक्षकमा टंकराज गिरी र हरि लामा छन् । उनीहरु चारैले प्रतियोगिता दौरान हुने तालिममा पनि भाग लिने महासचिव गिरीले जानकारी गराए ।