यु–१९ विश्वकप क्रिकेट टोली सम्मानित

Manoj Shiama
17 January, 2016 7:56 pm

crickete
आइसीसी यू–१९ विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली टोलीको विदाई तथा सम्मान गरिएको छ । वैशाख १२ को ठुलो भुकम्पपछि विभिन्न समस्यामा परेकाहरुलाई स्थापित गर्ने उद्धेश्यले स्थापना गरिएको वि विल राइज फाउन्डेसनले खेलाडीहरुलाई सम्मान गरेको हो ।
नेपालले अक्टोबरमा मलेसियामा भएको आईसीसी यू–१९ विश्वकप छनोट जितेको थियो । त्यो संगै नेपाल सातौं पटक आईसीसी यू–१९ विश्वकपमा छनोट भएको थियो । छनोट प्रतियोगिता जितेको र विश्वकप खेल्न जान लागेको नेपाली टोलीलाई वि विल राइज फाउन्डेसनले नगद सम्मानसहित विदाई गरेको हो ।
१७ खेलाडी तथा ६ अफिसियललाई जनही १० हजार सहित आइतबार आयोजित प्रतियोगितामा सम्मान गरिएको थियो । सम्मानित हुनेमा खेलाडीतर्फ कप्तान राजु रिजाल, उपकप्तान आरिफ शेख, सुनिल धमला, सन्दिप सुनार, शंकर राना, योगेन्द्र कार्की, राजवीर सिंह, दीपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ, सुशील कँडेल, ललितनारायण राजवंशी, दीपेश श्रेष्ठ, कुशल भुर्तेल, सन्दिप लामिछाने, इशान पाण्डे, हिमांशु दत्त छन् ।त्यस्तै अफिसियलमा प्रशिक्षक जगत टमाटा, सहयाक प्रशिक्षक विनोद दास, कम्पयुटर एनालिस्ट, फिजियो दिनेश भट्ट तथा व्यवस्थापकमा धीरेन्द्र साउद र सुदिप शर्मा छन् ।
देश अप्ठयारो परिस्थितिमा रहेको समयमा पनि यू–१९ क्रिकेटले प्रेरणादिने कार्य गरेकाले सम्मान गरिएको वि विल फाउन्डेसनका निर्देशक सुवाष ढकालले जनाए ।उनी सहित अन्य निर्देशकहरु निर्मल श्रेष्ठ, मुकुन्द बोगटी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, नेपाल क्रिकेट संघका अध्यक्ष रमेश सिलवाल, प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी दीपक विष्ट, साफ स्वर्ण धारी कराते खेलाडी कुशल श्रेष्ठ , राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु शाक्य, महिला राष्ट्रिय टोलीका पूर्व कप्तान नीरा राजोपाध्याय, कला क्षेत्रका हस्तीहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, विलसन विक्रम राई, जितु नेपाल, रेखा थापा, गायकहरु राजेश पायल राई, उदय सोताङ, मनिला सोताङ लगायतले रातो कार्पेटमा यू–१९ का खेलाडीलाई सम्मान गरेका थिए ।