सगरमाथा अन्तर्राष्ट्रिय कराते सुरु

Manoj Shiama
22 January, 2016 8:13 pm

naxal karate1eनेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालको आयोजनामा दोश्रो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि नक्सालमा सुरु भएको छ ।पहिलो दिन महिलाको ५५ केजीमा सोनिया मोक्तान, रस्मिता श्रेष्ठ, यमुना घर्ती र टीका राई सेमिफाइनलमा पुगे ।
पुरुषको २० केजीमुनि सुवास परियार, अनिश चन्दौला, फिन्जु शेर्पा र सुशील परियार सेमिफाइनलमा पुगे । २३ केजीमा सुशान्त हुमागाईं, गोमन गिरी, सन्जिव थापा मगर र आर्यन तामाङले अन्तिम चारको यात्रा तय गरे । सेमिफाइनल पुग्ने सबै खेलाडी नेपालका हुन् ।
प्रतियोगताको व्यवस्थापिका संसद्की सभामुख ओन्सरी घर्ती मगरले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मगरले राष्ट्रले खेलकुदलाई जति गर्नु पर्ने हो त्यो अपुग भएपनि नेपाली खेलकुदको विकासका लागि भने सरकारले ध्यान दिइरहेको धारणा व्यक्त गरिन् । सभामुख मगरले आफू खेलकुद मन्त्री हुँदा नेपाली खेल क्षेत्रलाई ‘स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ अगाडि बढाएको स्मरण गरिन् ।सभामुख मगरले देशले भोगिरहेको अहिलेको समस्याको निकासका लागि सबै तहबाट वार्ताको माध्यमबाट समाधान खोज्नु भन्दा अरु कुनै उपाय नरहेको स्पष्ट परिन् ।
दुईदिने प्रतियोगितामा नेपाल, भुटान र भारतका ४ सय ६१ खेलाडीले २९ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको आयोजक प्रमुख ईश्वर थापा (गजेन्द्र) ले जनाएका छन् । पहिलो संस्करणमा नेपाल टिम च्याम्पियन बनेको थियो ।