नेरिक र न्यु भिजनलाई डेनेब बास्केटबल उपाधि

nerik and new visione
नेरिक एकेडेमी र न्यु भिजनले छैटौं डेनेब कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । दोहोरो उपाधि जितेको नेरिक सिनियर र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । न्यु भिजनले सिनियर गल्र्सतर्फ उपाधि रक्षा ग¥यो ।
थापागाउँस्थित आयोजक डेनेबको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा डिफेन्डिङ च्याम्पियन नेरिकले डेनेबलाई ५२–३५ ले पराजित ग¥यो । नेरिकका अंकित भण्डारीले २३ अंक जोडे ।
जुनियर ब्वाइज फाइनलमा नेरिकले पुनः डेनेबलाई नै ३८–२४ ले निराश पा¥यो । नेरिकको जितमा अशिम भण्डारीले १७ अंक योगदान गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा न्यु भिजनले रिलायन्सलाई ३४–२४ ले पाखा लगायो । न्यु भिजनकी लक्ष्मी श्रेष्ठले १३ अंक जोडिन् ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय अंकित, अशिम र लक्ष्मी आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा काठमाडौं जेभियर, जुनियर ब्वाइजमा स्टेनियर एकेडेमी तथा सिनियर गल्र्समा स्वप्नवाटिकाले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, डेनेबका प्रिन्सिपल डिआर पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १२ तथा सिनियर गल्र्समा ८ गरी जम्मा ३६ टिम सहभागी थिए ।

Comment