अभियान र लर्निङ जोनलाई उपाधि

Manoj Shiama
24 January, 2016 7:14 pm

अभियान पब्लिक स्कुल र लर्निङ जोनले प्रथम अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । अभियान जुनियर ब्वाइज र लर्निङ जोन सिनियर ब्वाइजमा च्याम्पियन बने ।टिम अफ प्रोग्रेसिभ स्कुलद्वारा आयोजित प्रतियोगिताको जुनियर फाइनलमा अभियानले स्वेता सदनलाई २–० गोलले पराजित ग¥यो । सन्तोष तामाङ र आशिष सिवाकोटीले गोल गरे ।
जुनियरमा अभियानका आशिष उत्कृष्ट खेलाडी घोषित भए भने अभियानकै सरोज पुन उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ४ गोल गरेका मनराज विक सर्वाधिक गोलकर्ता बने ।
सिनियरको उपाधि भिडन्तमा लर्निङ जोनले किन्डर गार्तेनलाई १–० को झीनो गोलअन्तरले हरायो । किन्डर गार्तेनका महेश सुनुवार उत्कृष्ट खेलाडी तथा लर्निङ जोनका सुदीप नेपाली उत्कृष्ट गोलरक्षक चुनिए । लर्निङ जोनकै नवकिरण गुरुङ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।विजेतालाई तरुण माविकी प्रिन्सिपल प्रमिला शर्मा काफ्ले, टिम अफ प्रोग्रेसिभ स्कुलका संयोजक सुरेश घर्ती मगर तथा अभियानका निर्देशक गोपाल न्यौपानेले पुरस्कृत गरे । एकदिने प्रतियोगिताको सिनियर र जुनियरमा समान ८–८ गरी १६ टिम सहभागी थिए ।