सफल सुरुवातको चाहना

Manoj Shiama
26 January, 2016 8:26 pm

deepak1
आसन्न १२ औ दक्षिण एसियाली खेलमा नेपालले रिकर्भका पाच तथा कम्पाउन्डका दुइ स्पर्धामा सहभागिता जनाउदै छ। यस क्रममा केही दिन अघि मात्र नेपाल आर्चरी संघको नेतृत्व लीएका दिपक गुरुङ्गका लागि समेत यो प्रतियोगिता महत्वपूर्ण हुन सक्ने छ । दुइ कार्यकाल महासचिव विताएका गुरुङ्ग अहिले पनि आशाबादी रहेका छन् । खासमा उनी किशोर कुमार गुरुङ्ग, लक्ष्मण पुन, विवेक शेन गुरुङ्ग र योगेन्द्र शेरचनको टोलीले कम्पाउन्डमा राम्रो नतीजामा ल्याउनेमा धेरै आशाबादी रहेका छन् । अन्य केही स्पर्धामा समेत नेपाली टोलीको पदकको सम्भावना रहेको छ ।
सागमा नेपाली टोलीले छाटोे समयको तयारीको कारण कोलम्बोमा कुनै पदक जितेको थिएन । अर्को पटक ढाकामा पनि कोलम्बोमा झै रिकर्भ स्पर्धामा मात्र थियो । यसमा पुरुष टिम इभेन्टमा नेपालले काश्य पदक जितेको थियो । दिपक गुरुङ्गले दुइ कार्यकाल महासचिव विताएर अध्यक्ष भएका हुन् । आर्चरीमा लामो समय विताएका उनी नेपाली आर्चरीलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रबेश गराउने क्रममा सन् २००५ मा दक्षिण एसियाली आर्चरी महासंघको स्थापनामा सक्रिय थिए । १४ औ एसियन आर्चरी च्याम्पियनसीपको समयमा गठित महासंघमा उनी सदस्य मात्र थिए । नया दील्लीमा बंगलादेश, नेपाल, श्रीलंका, भुटान र भारत सम्मीलीत महासंघ स्थापना भएको हो ।  महासंघमा अहिले उनी उपाध्यक्ष छन् ।
लेभल तीन प्रशिक्षण कोर्ष आफैले पुरा गरेका छन् । साथमा किशोर गुरुङ्गले पनि यो सफलता पाएका छन् । प्रेम प्रसाद पुनले लेभल टु गरेका छन् । बिश्व आर्चरी महासंघले आयोजना गरेको कम्पाउन्ड वर्कसप सेमिनारमा पनि नेपालीको सहभागिता रह्यो । नेपाली आर्चरीमा अहिले तीन समस्या छन्। भौतीक संरचना, जनशक्ति र खेलाडीको संख्या । उनको भौतीक संरचनाका लागि सबै सरोकारवालासंग सहयोगको माग गर्ने योजनामा छन् । जनशक्तिका लागि नेपालमै सोलीडारिटी कोर्ष आयोजना गर्ने योजनामा छन् ।
आर्चरीमा उनको उपश्थिती अचम्मको संयोग बनेर देखिएको थियो । सन् १९९१ मा उनी सिंगापुरमा प्रहरी थिए । त्यहा कुनै खेलमा लाग्न भनीयो । उनी आर्चरीमा लागे । त्यसको एक बर्ष पछि सिंगापुरमा एसियन आर्चरी हुदै थियो । एक पटक दिपकले नेपाल ओलम्पिक कमिटीसंग समन्वय गरेर सहभागिताको प्रयास गरे । अन्त्यमा सिंगापुरमा सुरक्षा निकायमा आबद्ध हुनेले काममै ब्यस्त रहनु पर्ने भयो ।
सन् २००६ मा कोलम्बो सागमा सहभागि उनी त्यस अघि नै ढाकामा भएको पहिलो दक्षिण एसियाली च्याम्पियनसीपमा सहभागिता जनाउन पुगे । त्यहा उनको टोली तेस्रो भयो । किशोर, प्रेम र योगेन्द्र टोलीमा थिए । दिपक प्रशिक्षक र खेलाडी थिए ।११ औ सागमा प्रेम टोलीमा थिए भने जित बहादुर मोक्तान, असिम शेरचन र रमेश भट्टचन थिए । उनी प्रशिक्षकको भुमिकामा थिए । दुइ कार्यकाल महासचिव विताएका दिपकका लागि आसन्न साग खेलमा राम्रो नतीजा आए त्यो उनको कार्यकालको सफल सुरुवात हुने छ ।