तेक्वान्दो खेलाडीलाई खाद्य सामग्री

Manoj Shiama
27 January, 2016 10:08 am
?
?

ललितपुर जिल्ला खेलकुद विकास समितिले भारतमा हुने १२ औ सागको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई तेक्वान्दो टोलीलाई खाद्य सामाग्री हस्तान्तरण गरेको छ। सामाग्री हस्तान्तरण कार्यक्रममा तेक्वान्दोका मुख्य प्रशिक्षकधुर्ब  गुरुङ लाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेराकाजी महर्जनले खाद्य सामाग्री हस्तान्तरण गरे।  कार्यक्रममा तेक्वान्दो  प्रशिक्षक दिपक बिष्ट , संगिना वैध , तेक्वान्दो संघका पदाधिकारीहरु र जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।