विश्व तेक्वान्दोका अध्यक्ष नेपाल आउदै

Manoj Shiama
28 January, 2016 10:15 pm

taeke
विश्व तेक्वान्दो महासंघका अध्यक्ष डा. छुङवोन छोको नेतृत्वमा १३ सदस्यीय तेक्वान्दो टोली शुक्रबार नेपाल आउदै छन् ।
छोसहित अफ्रिकन तेक्वान्दो युनियनका अध्यक्ष अहमद एल फोली, युरोपियन तेक्वान्दो युनियनका अध्यक्ष अत्हानासियोस प्रागालोस, ओसिएना तेक्वान्दो युनियनका अध्यक्ष जोन कोत्सीफास, एसियाली तेक्वान्दो युनियनका अध्यक्ष क्यु सियोक लि, तेक्वान्दो महासंघका डाइरेक्टर जेनरल रोजर पियारुली, तेक्वान्दो महासंघका सल्लाहकार चाङ सिन चोइसहितको १३ सदस्यीय टोली नेपाल आउन लागेको हो ।
उक्त टोलीले सिन्धुपाल्चोकका भूकम्प पीडितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै पोखरामा हाइ अल्टीच्यूटमा हुने पुम्से प्रतियोगिताको स्थलगत निरीक्षण पनि गर्ने नेपाल तेक्वान्दो संघका सदस्य दीपक विष्टले जनाएका छन् । त्यस्तै उनीहरुले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ महानुभावहरुसंग भेट गर्ने कार्यक्रम समेत रहेको छ ।
तेक्वान्दोको यत्तिको विशिष्ट महानुभावहरु सम्मिलित टोलीले यसअघि कुनै पनि राष्ट्रको भ्रमण नगरेको सदस्य विष्टले जानकारी गराए । टोली कोरियन एयरबाट शुक्रबार २ः४० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।