स्कुल ब्याडमिन्टन च्याम्पियनसिपलाई डिजिकमको साथ
बिहिबारबाट सुरु भएको स्कुल ब्याडमिन्टन च्याम्पियनसिपलाई हाइटेक इन्जिनियरिङ प्रा.लि. (डिजिकम)ले मुख्य प्रायोजन गरेको छ ।
काठमाडौं जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बिहिबारबाट सुरु हुने प्रतियोगितालाई काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपक थापा र हाइटेक इन्जिनियरिङ प्रा.लि. (डिजिकम)का अध्यक्ष अरुण बन्छलले बुधबारसम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । अन्डर–१२ र अन्डर–१४ को क्याटगोरीमा हुने प्रतियोगितामा विभिन्न ८ जिल्लाका साथै एपिएफ स्कुलको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।
तीन दिन सम्म चल्ने प्रतियोगिताकमो सबै खेल राष्ट्रिट खेलकुद परिषदको कवर्ड हलमा हुनेछ । सोही अवसरमा काठमाडौं जिल्ला ब्याडमिन्टन संघले नेपाल खेलकुद पत्रकार मञ्चलाई प्रोजेक्टर हस्तान्तरण गरेका थिए ।