एचएचसिए र लिभरपुललाई उपाधी
एचएचसिएले स्कुल तर्फको र लिभरपुल एकेडेमिले १४ औं ज्ञान निकेतन बास्केटबल च्याम्पियनसिप २०७२ को उपाधी उचालेका छन् । बिहिबार सम्पन्न फाइनलको स्कुल तर्फको खेलमा एचएचसिएले नेरिक एकेडेमीलाई ५०–४४ अंकले पराजि गर्दै उपाधी हात पारेको हो । निर्धारित चार क्वाटरमा दुवैको समान ३९–३९ अंक भए पछि खेल अधिक समयमा गएको थियो अधिक समयमा एचएचसिएले नेरिकलाई ११–५ अंकले पछि पार्दै उपाधी उचाल्यो । एचएचसिएका लागि विशाल राईले १३ अंकको योगदान गरे ।
कलेज तर्फको खेलमा पनि लिभरपुल र प्राईम कलेजविचको खेल पनि अधिक समयमा गएर निर्णय भएको थियो । निर्धारित समयको खेल ४७–४७ अंकमा गएर समान भए पछि लिभरपुलले थप गरिएको समयमा ५–०ले प्राईमलाई पछाडी छोड्दै उपाधी रक्षा ग¥यो । उसको जितमा समिर निरौलाले १६ अंक जोडे । दुबै बिजेता टोली अघिल्लो संस्करणका बिजेता हुन् । प्रतियोगितमा उत्कृष्ट खेलाडी स्कुल तर्फ नेरिकका अंकित भंडारी र प्लस टु तर्फ लिभरपुलका समिर निरौला घोषित भए ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल बास्केटबल संघका उपाध्यक्ष नरेन्द्र थापा, आयोजक संसथा ज्ञान निकेतनका प्रिन्सिपल शेर बहादुर कुँवर, काभ्य स्कुलका प्रिन्सिपल नवराज बास्कोटा र प्रतियोगिता संयोजक अजय रानाभाटले पुरस्कार बितरण गरेका थिए ।