आर्मीलाई भलीबल उपाधि

Manoj Shiama
26 February, 2016 7:17 pm

army teame
आयोजक त्रिभुवन आर्मी क्लबको ए टिमले प्रधानसेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । शुक्रबार भएको खेलमा अर्काे विभागीय क्लब नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । आर्मीकै बी टिमले तेस्रो स्थान हात पा¥यो । आर्मीले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो ।
पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५–१३ ले जित्यो । सेझो सेटमा जित्न निर्णायक बनेको तेश्रो सेट पनि आर्मीले २५–२१ ले आफ्नो पक्षमा पादै उपाधि जित्योे । जितसँगै आर्मीले तीन लाख रुपैया प्राप्त ग¥यो । उपविजेता बनेको पुलिसले १लाख ५० हजार रुपैया पायो । तेस्रो बनेको आर्मीको बी टिमले ७५ हजार पायो ।
आर्मीका धन बहादुर भट्ट प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । यस्तै आर्मीकै मान बहादुर श्रेष्ठ उत्कृष्ट स्पाइकर, आर्मीकै इश्वर थापा, डिफेन्डर, आर्मीकै भैरव बम ब्लकर घोषित भए । यस्तै पुलिसका एम बहादुर राना उत्कृष्ट लिफ्टर तथा आर्मीका प्रशिक्षक कपिल किशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही १०–१० हजार प्राप्त गरे । सर्वाेत्कृष्ट बनेको आर्मीका धन बहादुर भट्टले एक थान मोटरसाइकल प्राप्त गरे । विजयी खेलाडीहरुलाई प्रधान सेनापति राजेन्द्र क्षेत्री, नेपाल ओलम्पिक कमिटिका अधयक्ष जीवनराम श्रेष्ठ, गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, नेपाल भलिबल संघका अध्यक्ष दान बहादुर तामाङ लगागातले पुरस्कृत गरेका थिए ।
जितपछि आर्मी क्लबका प्रशिक्षक कपिल किशोर श्रेष्ठले राम्रो सुरुआत भएको प्रतिक्रिया दिए । आर्मीको ब्लक र स्पाइकमा राम्रो देखिदा विपक्षी टिमको भने सेट नमिलेको जस्तो देखिदा अनुभवी पुलिसविरुद्ध जित निकाल्न सकेको बताए । खेल बराबरीकै भएपनि आर्मीले फिजिकल र टेक्निकलमा राम्रो देखिएको पनि उनले बताए । पुलिसका प्रशिक्षक सरोज श्रेष्ठले ओपन स्पाइकर घाइते हुदा टिमले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । पुलिसको अन्य चार खेलाडीहरु घाइते हुदा र नयाँ खेलाडीलाई मौका दिदा खेल झनै बिग्रिएको उनले बताए । उनले आर्मीविरुद्ध पराजय भोगेपनि पुलिसको गेम खस्कि नसकेको प्रतिक्रिया दिए ।