श्याम र विकेश अर्को चरणमा
Manoj Shiama
28 February, 2016 11:26 am
श्याम श्रेष्ठ र विकेश श्रेष्ठ अखिल नेपाल खुला स्नुकर प्रतियोगिताको अर्को चरणमा प्रवेश गर्न सफल भएका छन् । शनिबार भएको खेलमा श्यामले सुसेम शाक्यलाई ३–१ फ्रेमले र विकेशले प्रिशिमलाई ३–० फ्रेमले पराजित गरे । पिपुल्स प्लाजामा भएको प्रतियोगितामा विनेश डङ्गोलले गंगारामलाई ३–०ले, फुरी शेर्पाले जयरामलाई ३–२ले, विकेश गुरुङ्गले प्रनिशलाई ३–०, टाशी वाङ्गचुकले कृतेशलाई ३–१, अशोक शाक्यले छिरिङ्गलाई ३–१, श्यामले शेरबहादु््रलाई ३–१, दीपक मगरले नितेशलाई ३–०, कुङ्गा लामाले संतोषलाई ३–१ फ्रेमले पराजित गर्दै अर्को चरण प्रवेश गरेका छन् । अर्को खेलमा राज लामाले ओम कृष्णलाई ३–२ र फुर्बा शेर्पाले प्रमेशलाई३–० फ्रेमले पराजित गरेको संयोजक दिपु शाक्यले जानकारी गराए ।