बाबु छोराको विजयी सुरुवात

ranjane
अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण मंगलबारदेखी राजधानीमा सुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपाल, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, नेपाल प्रहरिका महानिरिक्षक उपेन्द्रकान्त अर्याल लगायतले प्रतियोगिताको उदघाटन गरे । प्रतियोगिताको पहिलो दिन बाबु छोराको जोडी विप्लबकान्ती बोस र अभिसेक बोसको जोडीले एक्ज्युकेटिभ युगलतर्फ विजयी सुरुवात गरेको छ । सुपर लामी कोट्सका विप्लबकान्ती र अभिषेकको जोडि गत संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । यो जोडीले पहिलो चरणमा नेपाल टेलिभिजनका सुदिप बुढाथोकी र खगेन्द्र रेग्मीको जोडीलाई २१–१६,१९–२१, २१–१७ ले हरायो । सोही स्पर्धाका अन्य खेलमा न्यु बीएस इन्टरप्राइजेजका दत्त बहादुर थापा र नारायण प्रसाद गौतमको जोडी,एडभान्स एकेडेमीका राजकुमार श्रेष्ठ र रामचन्द्र गिरिको जोडी,जुनतारा इन्भेस्टमेन्टका उमेश केसी र ग्रिन डेभलपमेन्टका बिवेक केसीको जोडी, नेपाल इन्भेस्टमेन्ट बैंकका निरज राई र सुरज लोहनीको जोडी,हिमालयन बैंकका सिद्धार्थ शर्मा र अमृत मल्लको जोडि पनि अगाडि बढ्यो । ग्रेटवेका रवि थापा र अनोज खत्रीको जोडि, टीओसीका रुपेश थापा र डिस मिडियाका आदित्य भट्टराईको जोडि, स्कोप सेभिङका बाबुराजा बज्रचार्य र युवा सेभिङका गौतम शाक्यको जोडि, थ्री आईजका आदर्श विष्ट र विनोद कुमार बस्नेतको जोडि, वल्र्ड लिंकका हरि भन्डारि र प्रकाश भट्टराई, युनाइटेड मेनपावरका मिलन थापा र सुक्र पाख्रिनको जोडि,एलपीका विरेन्द्र विष्ट र नेशनल ट्रमाका राजकुमार पोखरेलको जोडि, माइक्रो टेकका सुरज मालाकार र नविन महर्जनको जोडि, खुसी वल्र्डका भिम थापा मगर र राजेशजंग शाहको जोडि, एलआईसीका नुतनराज मगर र सोम बहादुर मगरको जोडि पनि दोस्रो चरण पुगेको छ ।
अक्वा मिनरल्सका रोबिन कुमार श्रेष्ठ र रमेश श्रेष्ठको जोडी,जैन मिडियाका नबिन बाबु श्रेष्ठ र साजन श्रेष्ठको जोडी, नेपाल बायु सेवा निगमका घनश्याम भट्ट र रमेश आचार्यको जोडि, लक्ष्मी बैंकका नरेन्द्र बहादुर बस्नेत र जिवनप्रकाश लिम्बुको जोडी पनि दोस्रो चरण पुग्यो । एक्ज्युकेटिभ युगलतर्फ साविक विजेता सनब्रिक इन्डस्ट्रिजका श्याम पराजुली र राम बानियाको जोडि हो ।
एक्ज्युकेटिभ सिंगल्सतर्फ थ्राइभ ब्रुकरेजका अनोजराज पौडेल, जुन्तारा इनभेस्टमेन्टका उमेश केसी, एनईएका चन्दन कुमार घोस, बंगलामुखी क्रसरका राजु प्रसाद गुप्ता,ब्रेनडिजिट आईटीका विजय बानिया, लक्ष्मी बैंकका जिवन प्रसाद लिम्बु, आह्वान सेभिङका जयप्रसाद दाहाल, एनआईबीका सुरज लोहनी, सेन्चुरी बैंकका दिपक खत्री, वल्र्ड लिंकका प्रकाश भट्टराई,कुमारी बैंकका बिक्रम निरौला, माउन्ट ट्राईभरका ग्याल्जेन शेर्पा र हिमालयन बैंकका राजेश्वरनन्द सिंह दोस्रो चरण पुगे । यो स्पर्धाको साविक विजेता कास्की फाइनान्सका विशाल खड्का हुन्। उनी अघिल्ला दुवै संस्करणको विजेता हुन् । पाँचदिनसम्म सन्चालन हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा देशभरका विभिन्न कर्पोरेट हाउस र चर्चित राष्ट्रिय खेलाडिसहित करिब तीन सय ५० खेलाडिले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको हरेक स्पर्धाको विजेताले २४ क्यारेट सुनको स्वर्ण पदक पाउनेछन् । प्रतियोगितामा खुल्लातर्फ पुरुष एकल, महिला एकल र पुरुष युगल समावेश छन्। एक्ज्युकेटिभतर्फ पुरुष एकल र पुरुष युगल समावेश छ । कर्पोरेटमा कर्पोरेट युगल स्पर्धा समावेश गरिएको छ ।

Comment