च्याम्पियनसिपमा सहभागी हुने स्की खेलाडीको विदाई
लेबनानमा ३ देखि ७ मार्चसम्म हुने २५ औं एसियन चिल्र्डेन अल्पाइन स्की च्याम्पियनसिपमा सहभागी हुने नेपाली जुनियर स्की टोलीको बुधबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा विदाई गरिएको छ । गौरिमाया तामाङ, सजनी लामा, छिरि टासी लामा, म्रिभान्सु शाहीले सो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । टोली प्रशिक्षकमा शेरबहादुर गुरुङ र म्यानेजरमा लक्ष्मी शाही छिन् । सन् २००० देखि २००३ सम्म जन्म भएका बालबालिकाले मात्र सो च्याम्पियनसिपमा सहभागीता जनाउन पाउने छन् । नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार विदाई गरे । नेपाल स्की संघका अध्यक्ष रहेका श्रेष्ठले बाल्यकालदेखि खेलकुदका
प्रतिस्पर्धाहरुमा अन्तर्राष्ट्रिय सहभागीता गराउदा खेलाडीमा आत्मविश्वास बढ्ने बताए । विदाई कार्यक्रमममा नेपाल ओलम्पिक कमिटीका सह महासचिव राजीव श्रेष्ठ, सदस्य निलेन्द्रराज श्रेष्ठ, स्की संघका कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव विजय श्रेष्ठ र सदस्य बसन्त कार्कीको उपस्थिति थियो ।लेबनिस स्की फेडरेसनको आयोजना र एसियन स्की फेडेरेसनको निरिक्षणमाहुने च्याम्पियनसिपमा आठवटा एसियाली राष्ट्रको सहभागीता रहेको छ ।अन्तर्राष्ट्रिय स्की फेडेरेनको नियम अनुसार हुने सो च्याम्पियनसिपमा
एसियाबाहिरको ग्रिसका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । लेबनिस आर्मीका जर्नन जेन खाह्वाजीले च्याम्पियनसिपलाई सहयोग गरेका छन् । भविश्यका स्कीयरहरुलाई अवलोकन गर्ने विभिन्न देशबाट मानिसहरु पुग्ने आयोजकले जनाएको छ ।