साविक विजेता विशाल दोस्रो चरणमा
साविक विजेता विशाल खड्का अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको एक्ज्युकेटिभभ एकलतर्फ तेस्रो चरण पुगेका छन् । प्रतियोगिताको दोस्रो दिन बुधबार कास्की फाइनान्सका विशालले नेपाल एयरलाइन्सका विक्रम महर्जनलाई २१–६, २१–९ को सोझो सेटमा पराजित गरे । अघिल्ला दुवै संस्करणमा विशालले यस स्पर्धामा उपाधि जितेका थिए । बुधबार भएको खेलमा सीपी कलेजका हरि गोतामे, एस डेभलपमेन्टका सुनिल श्रेष्ठ,केआरएस ट्रेडिङका रामकुमार बानिया, जुनतारा इनभेष्टमेन्टका उमेश केसी,बंगलामुखी क्रसरका राजुप्रसाद गुप्ता र आहान सेभिङका जयप्रसाद दाहाल विजयी भए । लक्ष्मी बैंकका जिवनप्रकाश लिम्बु,हिमाल रेफ्रीजेरेसनका विजेन्द्रलाल श्रेष्ठ,नेपाल इनभेस्टमेन्ट बैंकका सुरज लोहनी, ग्रिन डेभलपमेन्ट बैंकका बिवेक जिसी,सुपर लामिकोट्सका अभिशेक बोस, माउन्ट ट्राइबरका ग्याल्जेन शेर्पा, सेन्चुरी बैंकका दिपक खत्री, र हिमालयन डिस्ट्रिलरीका सुदेश पौडेल पनि विजयी भए ।
पाँचदिनसम्म सन्चालन हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा देशभरका विभिन्न कर्पोरेट हाउस र चर्चित राष्ट्रिय खेलाडिसहित करिब तीन सय ५० खेलाडिले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको हरेक स्पर्धाको विजेताले २४ क्यारेट सुनको स्वर्ण पदक पाउनेछन् । प्रतियोगितामा खुल्लातर्फ पुरुष एकल, महिला एकल र पुरुष युगल समावेश छन्। एक्ज्युकेटिभतर्फ पुरुष एकल र पुरुष युगल समावेश छ । कर्पोरेटमा कर्पोरेट युगल स्पर्धा समावेश गरिएको छ ।