सुचनाको हक, अभिमुखी कार्यशाला गोष्ठी

mantrie

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको सुचनाको हक सम्बन्धि अभिमुखिकरण एकदिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ। युवा तथा खेलकुद मन्त्री सत्यनारायण मन्डलले राष्ट्रसँग जोडिएका सुचनाको हकमा सदैव गम्भिर रहनुपर्ने बताए । उनले सहि सुचना प्रवाह नगर्दा गम्भिर असर पार्ने बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मण मैनाली,्र सहसचिव चुणामणी पौडेलले पनि कार्यशाला गोष्ठीमा सुचनाको हक सम्बन्धि आफ्ना धारणा राखेका थिए । युवा तथा खेलकुद मन्त्रालयका उपसचिव महेन्द्र पौडेलले सुचना सम्बन्धि जानकार गराउने श्रब्यदृश्य सामग्रि प्रस्तुत गरेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद(राखेप)का विभागिय प्रमुख मधुसुदन बस्नेत, खेलाडि, प्रशिक्षक, पत्रकार लगायतको उपस्थिती थियो ।

Comment