सुमन स्मृती बोल्डरिङ्ग रिषीको पोल्टामा
गोरखापत्रका पत्रकार सुमन भोम्जनको स्मृतीमा आयोजिता सुमन भोमजन बोल्डरिङ्ग मेडिया कप निर्माण समाचारका पत्रकार रिषीराम खतिवडाले हात पारेका छन् । उनले ३१ प्रतिस्पर्धीलाई पछि पादै उक्त कप हात पारेका हुन् । खतिवडाले तीन हजार रुपैया पाए ।
नेपाल माउन्टेन स्पोर्टस् महासंघको तत्वावधान तथा स्पोर्टस् क्लाईम्बिङ्ग संघको आयोजनामा चौथौं माउन्टेन स्पोर्टस् फेस्टिवल अन्तरगत आयोजित सुमन भोमजन स्मृती बोल्डरिङ्ग मेडिया कपमा दोश्रो स्थान सौर्य दैनिका अनिल सिंह ठकुरी र तेश्रो स्थान रिपब्लिका डेलीका निरोज चन्द्र रोयले हात पारे । दोश्रो र तेश्रो हुनेले २ हजार र एक हजार रुपैया पाए । बिजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवन राम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
सोही कार्यक्रममा खेलकुद परिषदका कर्मचारी बालमुुकुुन्द नापितका ३ बर्षिय छोरा रिजेश नापित र प्रदिपमान शाहीकी छोरी दिया शाहीलाई महासंघ अन्तरगत रहेको नेपाल अटोमोवाईल्स स्पोर्टस् एसोशियसनले नगद २५÷२५ हजार प्रदान ग¥यो । रिजेशकी आमा र प्रदिपमानको महा बिनासकारी भुकम्पमा परि निधन भएको थियो ।
यस्तै महासंघका उपाध्यक्ष कृष्ण कुमार अर्याल नेपाल पर्यटन बोर्डमा नेपाल सरकारबाट नियुक्त हुनु भएकोमा उहाँलाई सम्मानस्वरुप कदर पत्रले सम्मान गरिएको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले नेपालको भुगोल र बाताबरणमा सुहाउंदो यस खेललाई ओलम्पिक प्रतियोगिता जस्तै सम्मानित बनाउन यसको विकास गर्नु पर्नेमा जोड दिए । यस खेलको विकास भएमा देशमा पर्यटन क्षेत्रको विकास हुनुका साथै आर्थिक लाभ हासिल गर्न सकिनेमा जोड दिए । उनले अव विश्वलाई यसै खेलको माध्यमले नेपालको परिचय दिन सवै लाग्नु पर्ने बताए ।