उदय र ओम कोर्समा सहभागी हुने
Manoj Shiama
28 November, 2014 6:14 pm
भारतको मुम्बईमा टाटा ओपन इन्डिया इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्ज अघि अम्पायर एक्सचेन्ज प्रोग्रामअन्तर्गत हुने ब्याडमिन्टन एसिया कन्फिडेरेसन (बीएसी) रेफ्री कोर्समा बीएसी एक्रिटेडेट अम्पायर उदय अर्याल सहभागी हुने भएका छन् ।
त्यस्तै सोही कार्यक्रमअन्तर्गत बंगलादेशको ढाकामा हुने कोर्समा बीएसी एक्रिटेडेट अम्पायर ओमविक्रम रानाले भाग लिने छन् ।