यूरोपको सर्बोच्च सिखरमा संजयले नया वर्ष मनाउने
कृतिमानी बिस्व आरोही तथा धाबक संजय पण्डित यूरोपको सर्बोच्च शिखर एल्ब्रुस आरोहण गर्ने घोषणा गरेका छन् | सन् २०१४ मा एल्ब्रुसको टाकुरामा ६ मि ०३ से अर्धनग्न भएर कृतिमान कायम गरेका पण्डितले बिहिबार फेरी एल्ब्रुस आरोहण गर्ने घोषणा गरेका छन् | पण्डितले बिश्वको सर्बोच्च सिखर सगरमाथा ,प्राण घातक हिमाल भनेर चिनिने मनास्लु , अस्ट्रेलिया सर्बोच्च सिखर कोजीयस्को,फुजी जस्ता विश्वका चर्चित हिमालको कृतिमानी आरोहण गरिसकेका छन् | पण्डितले सन् २०१४ मा अस्ट्रेलियाको सर्बोच्च सिखर कोजीयस्को र सन् २०१५ अफ्रीकाको किलिमन्जारो हिमाल उल्टो हिडेर सफल आरोहण सम्पन्न गरिसकेका छन् | सात महादेशका सात सर्बोच्च सिखर आरोहणको तयारीमा रहेका पण्डितको अन्तिम गन्तब्य अन्ट्राटिकाको विन्सन मशिफ रहेको छ | पण्डित रसिया स्थित एल्ब्रुस चैत्र महिनाको तेस्रो हप्ता प्रस्थान गर्दै छन् | उनि नया वर्ष २०७३ बैशाख १ गते एल्ब्रुसको टाकुरामा मनाउने छन् |संजय नेपालकै पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने बिश्व पर्वतारोही हुन् |पण्डितले नेपाली दौरा सुरुबाल ,भादगाउले टोपी लगाएर शिखर पुग्ने छन् | वैशाख १२ गते गएको महाभूकम्पमा मारिएका दसौ हजार नेपालीहरु सम्झनामा उनले यो आरोहण समर्पित गर्ने छन् |