आफ्नो अभियानलाई तीब्रता दिदै उज्वल
Manoj Shiama
21 March, 2016 9:35 am
अमेरिकाको न्युयोर्कमा आइतबार भएको कराते खेलमा नेपालका उज्वल ठकुरीले काश्य पदक जितेका छन् । न्युयोर्क राज्यको फ्लसिंगमा भएको कराते “युएसए मार्शल आर्ट्स हल अफ फेम” ३५ बर्ष देखि ४५ बर्ष को खुला प्रतियोगितात्मक प्रतिस्प्रद्धामा ठकुरी तेस्रो स्थान ओगट्न सफल भएका हुन् ।्
“युएसए मार्शल आर्ट्स हल अफ फेम” अमेरिकाको नौ वटा राज्यहरुमा हुने प्रतियोगिता हो । ठकुरीले अमेरिकाको ६ छुट्टा छ्ट्ै राज्यमा खेल खेलिसकेका छन् । उनले १० वटा राज्यमा खेल खेल्ने लक्ष्य राखेका छन् । ठकुरीले अमेरिकाका विभीन्न स्पर्धामा गरी ७ स्वर्ण ,२ रजत र ३ कास्य पदक जितीसकेका छन् ।