पोखरामा हर्षो टुर्नामेन्ट
नेपाल घोडचढी संघ (इक्वेष्टेरियन संघ) ले आउँदो ११ बैशाखमा पोखरा रंगशालामा चौथो हर्षो टुर्नामेन्ट आयोजना गर्ने भएको छ । प्रतियोगितालाई भब्य र ब्यापक रुपमा सम्पन्न गराउन संघका केन्द्रीय सदस्य तथा घोडचढी संघ कास्कीका अध्यक्ष समेत रहेका लोकजङ लामालाई संघले संयोजक तोकेको छ । यसअघि संघले ३ वटा राष्ट्रिय प्रतियोगिता काठमाण्डौंमा र ३ वटा पोखरामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा तीन विधा रहने छन् । हर्षो शोजम्प, हर्ष हाइजम्प र पोनीरेश प्रतियोगिताकोलागी छनौट भएका विधा हुन् । स्थानिय घोडचढीलाई मध्यनजरगर्दै संघले पोनीरेशलाई विशेष प्राथमिकता दिने पनि निर्णय गरेको छ । तीनवटै विधामा विजेताले १५, उपविजेताले १० र तेस्रो स्थान पाउनेले ५ हजार रुपैया पुरस्कार पाउने छन् ।