रञ्जनाको नेतृत्वमा ह्यान्डबल टोली पाकिस्तान तर्फ

Manoj Shiama
22 March, 2016 1:23 pm

handball1e
अन्तर्राष्ट्रिय आमन्त्रण महिला ह्यान्डबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला ह्यान्डबल टोलीलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरियो ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे । प्रतियोगिता मार्च २७ देखि ३० तारिखसम्म पाकिस्तानको फैसलाबादमा हुनेछ ।
खेलाडीहरुमा रञ्जना राई (कप्तान), प्रभा थापा, संगीता चौधरी, रामकुमारी चौधरी, विष्णा बोगटी, शान्तिकला राई, देवकुमारी बाँस्कोटा, दुर्गा बोहरा, पार्वती साउद, रमिला बस्नेत, भेषकुमारी चौधरी, साधना बम र उमा राई रहेका छन् ।
टिम व्यवस्थापकमा प्रवीणकुमार ठोकर तामाङ, प्रशिक्षकमा जीवनबहादुर बस्नेत, र टेकबहादुर विश्वकर्मा तथा पत्रकारमा दिनानाथ बराल छन् । टोली मंगलबार पाकिस्तान प्रस्थान गर्ने नेपाल ह्यान्डबल संघका महासचिव सन्देश रेग्मीले जनाएका छन् ।