पौडी पोखरी सोमबारदेखि खुल्ने
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर (अखेप) हातामा रहेको पौडीपोखरी सर्वधारण र खेलाडीहरुकालागि सोमबारदेखि खुल्ने भएको छ । पौडरी पोखरी तीन सिफ्टमा सञ्चालन हुने अखेप पौडी पोखरी प्रमुख टेकबहादुर बमले जनाएका छन् । पहिलो दुई सिफ्ट दुई–दुई घण्टाको हुनेछ । त्यसको टिकट दर १ सय १० रुपैयाँतोकिएको छ । ‘गेष्ट’कालागि छुट्टयाइएको तेश्रो सिफ्टको टिकटशुल्क १ सय ५० रुपैयाँ कायम गरिएको छ ।