अमृत र अराहन्त ब्रान्ड एम्बासडर

brand ambasdoreपाकिस्तानको खेल पोशाक तथा सामाग्री उत्पादक कम्पनी बीएस स्पोर्ट्सले नेपाली राष्ट्रिय स्क्वास खेलाडीद्वय अमृत थापा मगर र अराहन्तकेशर सिम्हलाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ ।
नेपाल स्क्वास ¥याकेट्स संघका अध्यक्ष किशोर महर्जन र बीएसका निर्देशक एम अली बबरले यस सम्बन्धी सम्झौता पत्रमा बिहीबार हस्तान्क्षर गरे । नेपाली स्क्वासको इतिहासमा कुनैपनि खेलाडीलाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरिएको पहिलोपटक हो ।सम्झौता अनुसार बीएसले दुवै खेलाडीलाई २ वर्षका लागि खेल पोशाक र ‘ट्राभलिङ किट्स’ उपलब्ध गराउने छ । बीएस एक वर्षको एक खेलाडी बराबर करिब १ लाख मूल्य बराबरको प्रायोजना गर्ने अध्यक्ष महर्जनले जनाएका छन् ।
विशेषगरी क्रिकेट खेल सामाग्री उत्पादन गर्ने बीएस स्पोर्ट्सले यसअघि राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रायोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
निर्देशक अलीले हस्ताक्षर कार्यक्रमपछि खेलाडीलाई प्रायोजनसंगै पाकिस्तानमा हुने तालिम तथा प्रतियोगिताको व्यवस्था पनि मिलाउने बताउदै सातदोबाटोमा प्रशिक्षणका दौरान देखेको खेलाडीको लगनशिलताका कारण प्रायोजन गरेको जानकारी दिए ।

Comment