विजय पहिलो

विजय गौतम चौथो पर्वतीय खेलकुद महोत्सव अन्तर्गत राष्ट्रिय खुला पाराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपमा शनिबार पहिलो भएका छन् । ४.५ अंक जोडेका विजयले २५ हजार नगद पुरस्कार प्राप्त गरे । नेपाल पाराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघद्वारा आयोजित च्याम्पियसिपमा सागर जलारी ५.७ अंकमा दोश्रो तथा गौरभ कँडेल ५.९ अंकमा तेश्रो भए । सागरले १५ हजार तथा गौरभले १० हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे । सुनसरीको धरानस्थित चिन्डे डाँडाबाट सुरु भइ सर्दु खोलाको बगरमा सम्पन्न भएको पाराग्लाइडिङमा ३ विदेशीसहित ४३ प्रतिस्पर्धी सहभागी थिए ।

Comment