पर्शुरामको बिदाइ

Manoj Shiama
29 March, 2016 9:48 am

parsu rame
अस्ट्रेलियाको सिड्नीमा हुने अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुने कराते खेलाडी पर्शुराम बाँस्तोलालाई सोमबार बिदाइ गरियो ।पर्शुराम प्रशिक्षक रहेको स्कुल अक्षराकी रमा भट्टराई (अन्जु), अक्षराका खेलकुद शिक्षक सुमन तिमल्सिना, युरो किड्सकी संयोजक लीना श्रेष्ठलगायतले उनलाई बिदाइ गरे । त्यस अवसरमा पर्शुरामलाई नगद ५० हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।
अप्रिल १५ देखि १७ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन पर्शुराम अप्रिल १२ तारिख सिड्नी प्रस्थान गर्दैछन् ।