भूकम्प पीडित खेलाडीलाई आर्थिक सहयोग

Manoj Shiama
29 March, 2016 10:41 am

नेपाल भारोत्तोलन संघले गत बैशाखको भूकम्पका कारण घाइते भएका, आफन्त गुमाएका, घर पूर्ण रुपमा क्षति भएका तथा घर आंशिक क्षति भएका भारोत्तोलन खेलाडीलाई आर्थिक सहयोग प्रदान ग¥यो ।पीडितलाई तीन समूहमा वर्गीकरण गरी क्रमशः ३० हजार, २० हजार र १५ हजार आर्थिक सहयोग प्रदान गरिएको थियो । जापान भारोत्तोलन संघले आफ्नो सक्रिएतामा संकलन गरी भारोत्तोलन संघलाई उपलब्ध गराएको ३ हजार अमेरिकी डलरबाट खेलाडीलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
आर्थिक सहयोग पाउनेमा पीडित खेलाडीहरुमा लक्ष्मण रन्जित, मुई लामा, रामकुमार श्रेष्ठ, गोपालबहादुर श्रेष्ठ, ज्ञानबहादुर श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, राजु राना (पाल्पा), राजु राना (धादिङ), अनिल मल्ल, लिक्की थापा, रमेश पाठक, जीवन तामाङ तथा बुद्धि लामा रहेका छन् ।