माउण्ट भ्युमा ब्याडमिन्टन

ranjan dudue
माउण्ट भ्यु इंगलीस स्कुल बालकोटमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बालकोट ब्याडमिन्टन क्लबको आयोजनामा संचालन हुने प्रतियोगितालाई माउण्टभ्यु स्कुलले मुख्य प्रायोजन गरेको बिहिवार पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष शरणकुमार मोक्त्तानले जनकारी गराए । प्रतियोगितामा ३२ डबल,१६ सिगल र १६ भेट्रानले नाम दर्ता गरिसकेको अध्यक्ष मोक्तानले बताए । प्रतियोगिताको सह–प्रायोजक समेत रहेको शेरवहादुर खड्का स्मृति प्रतिस्ठानका अध्यक्ष रन्जन खड्काले राष्ट्रको गौरव बढाउने खेलक्षेत्रलाई अगाडि बढाउन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक माउण्ट भ्यू स्कुलका प्रिन्सिपल राजकुमार महर्जनले शैक्षिक संस्थाहरुले शिक्षासगै खेलक्षेत्रलाई पनि अगाडि बढाउन पर्ने धारण ब्यक्त गरे । नेपाल सरकारका उपसचिव समेत रहेका भेट्रान खेलाडि गोविन्द सिं भण्डारीले स्वस्थ्य रहनका लागि खेलकुद अनिवार्य रहेको धारण ब्यक्त गरे । बालकोट बचत तथा त्रृmण सहकारी संस्था दोश्रो सह–प्रायोजक रहेको प्रतियोगिता चैत्र २० देखि २७ सम्म चल्ने छ । प्रतियोगिताका बिजेताले नगद सहित ट्रफि,शिल्ड,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । माउण्ड भ्यु स्कुलको कोर्टमा हुने प्रतियोगिताको अनुमानित बजेट २ लाख रहेको आयोजकले जनाएको छ ।

Comment