निकेश र सुलोचन सफल

ranjan khadkae
निकेश निरौला र सुलोचन भट्टराईको जोडिले माउण्ट भ्यु खुला ब्याडमिन्टन प्रतियोगितामा शनिवार जित हात पारेका छन् । उनिहरुले पुरुष डबलको उद्घाटन खेलमा रन्जन खड्का र मनिस पराजुलीको जोडिलाई १७–२१,२१–१६ र २१–१६ ले स्तब्ध पारेका थिए । बालकोट ब्याडमिन्टन क्लबको आयोजनामा संचालन भएको प्रतियोगिताको पुरुष डबलकै अन्य खेलमा भगत रानाभाट र सुवास थापाको जोडिले बिनोद राउत र रविन राउतको जोडिलाई २–१ ले हराए । गोपी उप्रती र गोपाल खनालको जोडिले आनन्द हाडा र सत्यराम सुनलको जोडिलाई २–० को सोझो सेटमा हरायो ।
बालकोटस्थित माउण्ड भ्यु स्कोलको कोर्टमा भएको पुरुष डबलकै खेलमा मोहन केव र सुशन खड्काको जोडिले अनिल याकमी र रमेश केवको जोडिलाई २–० को सोझो सेटमा हराए । माउण्टभ्यु स्कुलले मुख्य प्रायोजन तथा शेरवहादुर खड्का स्मृति प्रतिस्ठान र बालकोट बचत तथा त्रृmण सहकारी संस्थाको सहप्रयोजनमा संचालन भएको प्रतियोगिता २७ गते सम्म चल्ने छ । प्रतियोगितामा पुरुष डबलमा २७ पुरुष सिंगलमा १२ तथा पुरुष भेट्रान डबलतर्फ ८ टिमले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको उद्घाटनका अवसरमा माउण्ड भ्यु स्कुलका बिद्यार्थी, खेलाडि लगायतले स्वस्थ्यका लागि खेलकुद भन्ने नाराका साथ बालकोट बजार परिक्रमा गरेका थिए । सो अवासरमा आयोजक क्लबका अध्यक्ष शरणकुमार मोक्त्तान, शेरवहादुर खड्का स्मृति प्रतिस्ठानका अध्यक्ष रन्जन खड्का, नेपाल सरकारका उपसचिव गोविन्द सिं भण्डारी, माउण्ट भ्यू स्कुलका प्रिन्सिपल राजकुमार महर्जनलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका बिजेताले नगद सहित ट्रफि,शिल्ड,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट २ लाख रुपैया रहेकोे छ ।

Comment