कृष्णमोहन स्मृती ब्याडमिन्टन सुरु

apf badmintone
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा आइतबार देखि ‘बाह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७२’ सुरु भएको छ । सो प्रतियोगिताको कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उद्घाटन गरे । प्रतियोगिताको कूल पुरस्कार राशी ७ लाख ४० हजार रुपैयाँ रहेको छ । २६ चैतसम्म संचालन हुने खेलहरुमा ब्याडमिन्टनतर्फ सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित नेपाल एपीएफ क्लबको ब्याडमिन्टन कोर्टमा हुने छ ।
प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनतर्फ कूल ११ इभेन्ट्समा पुरुष ३ सय १२ र महिला ४५ गरी जम्मा ३ सय ५७ जना खेलाडीहरुको सहभागिता रहेको छ । पहिलो दिन पुरुष एकलतर्फ एपीएफका पंकज चन्दले सुनसरीका विशाल तामाङलाई २१–१० र २१–१३ ले, एपीएफकै इन्द्र महताले धनुषाका बोधराज श्रेष्ठलाई २१–०५ र २१–११ ले, सुनसरीका सुजन श्रेष्ठले झापाका आशिष भट्टराईलाई २१–०६ र २१–११ ले र बाँकेका इरफान अन्सारीले महोत्तरीका सन्तोषकुमार कटुवाललाई २१–१० र २१–१० ले हराए । एपीएफका सुरेन्द्र बुढाथोकीले नवलपरासीका विरु के.सी.लाई २१–१७ र २१–१८ ले, खोटाङका जीवन आचार्यले एपीएफका महेन्द्र ढकाललाई २१–१८, १९–२१ र २१–११ ले, एपीएफका सुमन लिम्बुले बाराका रोमन शाहलाई २१–०८ र २१–०९ ले, एपीएफका जोसेफ अधिकारीले झापाका प्रनिशसिंह ठकुरीलाई २१–०९ र २१–०७ ले, एपीएफका तिर्थ मल्लले नवलपरासीका दिवस सुनुवारलाई २१–०७ र २१–११ ले पराजित गरेका छन भने ताप्लेजुङका मिनेल गुरुङ, एपीएफका रुपक थिङ र ताप्लेजुङका मनकुमार लिम्बुले वाक ओभर पाई छनौट भएका छन् ।
पुरुष युगलतर्फको खेलमा एपीएफका सुभाष दाहाल र थिरबहादुर कार्कीको जोडीले कीर्तिपुरका ओमुनी बज्राचार्य र सुरेश बज्राचार्यको जोडीलाई २१–१५ र २१–१७ ले, ताप्लेजुङका मिनेष गुरुङ र मनकुमार लिम्बुको जोडीले एपीएफका कमलकुमार श्रेष्ठ र रुद्रबहादुर थिङको जोडीलाई १७–२१, २१–१३ र २१–१३ ले तथा एपीएफका महेन्द्र ढकाल र सुरेन्द्र बुढाथोकीको जोडीले ब्राइट फ्युचर स्कुल नैकापका अमर लावती र मोहन कार्कीको जोडीलाई २१–१५ र २१–१० ले पराजित गरे । सुनसरीका विशाल तामाङ र सुजन श्रेष्ठको जोडीले नवलपरासीका बिरु के.सी. र केवल के.सी.को जोडीलाई १५–२१, २१–१३ र २१–०८ ले, एपीएफका रमेश श्रेष्ठ र तिर्थ मल्लको जोडीले सिन्धुलीका दिपेन्द्र वस्नेत र रमेश महतराको जोडीलाई २१–१० र २१–१५ ले पराजित गरी छनौट भएका छन् ।
सोही इभेन्ट्समा कैलालीको कंचनसिंह ठकुरी र संजिव खड्काको जोडीले एपीएफका विजय थापा र कमलेश चन्दको जोडीलाई २१–१२ र २१–१३ ले, एपीएफका राम लामा र संजिव सेढाईको जोडीले धनुषाका कमल श्रेष्ठ र बोधराज श्रेष्ठको जोडीलाई २१–०७ र २१–१२ ले, रामेछापका भिमसेन लामा र सजन श्रेष्ठले ललितपुरका किशोर जोशी र चन्द्रश्याम डंगोलको जोडीलाई २१–१६ र २१–१६ ले हराए । सुनसरीका अजय श्रेष्ठ र विशाल खड्काको जोडीले कीर्तिपुरका राजमान महर्जन र चन्दन महर्जनको जोडीलाई १९–११, २३–२१ र २१–०६ ले, बुढानिलकण्ठका अर्जुन राई र दिपचन्द्र राईको जोडीले रामेछापका भेषबहादुर श्रेष्ठ र बलराम लामाको जोडीलाई २१–१३ र २१–१२ ले, काठमाडौंका रितेशराज श्रेष्ठ र दत्त थापाको जोडीले धादिङका विदुर कँडेल र चित्रबहादुर मगरको जोडीलाई २१–१३ र २१–०९ ले पराजित गरी छनौट भएको छ ।
नेपाल पुलिसका बलबहादुर तामाङ र मकर बिष्टको जोडीले, सप्तरीका सन्तोष कटुवाल र सुनिल परियारको जोडीले, एपीएफका नविन श्रेष्ठ र सागर डंगोलको जोडीले, रामेछापका नारायण दास श्रेष्ठ र भुवन श्रेष्ठको जोडीले, एपीएफका धर्मराज गुरुङ र कुमार गुरुङको जोडीले, खोटाङका विशालकुमार राई र हेमराज राईको जोडीले र एपीएफका राम लामा र सन्दिप सेढाईको जोडीले वाक ओभर पाई छनौट भएका छन् ।

 

Comment