दुर्ज र कृष्णको जोडी सेमिफाइनलमा

Manoj Shiama
5 April, 2016 7:30 pm

tennis krishna daie
आठौ सहवीर स्मृती खुल्ला लनटेनिस प्रतियोगिताको पुरुष एकल, ४५ वर्षमाथिको भेट्रान्स युगल तथा ३५ वर्षमाथिको भेट्रान्स एकल र ४५ वर्षमाथिको भेट्रान्स एकल, इन्टर गभर्मेन्टल सर्भिस पुरुष एकल, इन्टर गभर्मेन्टल सर्भिस पुरुष युगलतर्फका सेमिफाइनल तथा क्वाटर फाइनल खेलहरु सम्पन्न भएका छन् । मंगलबार सम्पन्न खेलमा नेपाल एपीएफ क्लवका दुर्जकुमार राई र कृष्णराज घलेको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ । सो जोडीले राजेन्द्र सिंह भण्डारी र कैलाश गुरुङ्गको जोडीलाई ७–५, ६–४ ले पराजित गरेको हो । मंगलबार सम्पन्न प्रतियोगिताको इन्टर गभर्मेन्टल सर्भिस तर्फको एकल खेलमा अमुल्य सिंहले उत्तम बोगटीलाई ६–३, ६–१ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् । यसैगरी सोही प्रतियोगिताको पुरुष एकलतर्फ कमल भण्डारीले सक्षम कार्कीलाई ६–१, ६–२ ले, कुमार अधिकारीले प्रणब खनालाई ६–३, ६–२ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।३५ वर्षमाथिको भेट्रान्स एकलतर्फको खेलमा रोहित सुनुवारले राजु श्रेष्ठलाई ६–३, ६–३ ले, छेवाङ्ग लामाले कृष्णगोविन्द कुसल्लालाई ६–२, ६–२ ले, प्रताप मुक्तानले राजन श्रेष्ठलाई ६–४, ७–६ ले तथा महेश श्रेष्ठले सुकमान तामाङ्गलाई ६–४, ६–२ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
४५ वर्षमाथिको भेट्रान्स एकलतर्फको खेलमा मनोज शाहले राजेस क्षेत्रीलाई ६–१, ६–३ ले, पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् । इन्टर गभर्मेन्टल युगलतर्फको खेलमा राजेन्द्रसिंह भण्डारी र कैलाश गुरुङ्गको जोडीले सिंहबहादुर श्रेष्ठ र दिवाकर के.सी.को जोडीलाई ६–०, ६–० ल,े त्रिभुवन विष्ट र पंकज चन्दको जोडीले राजेन्द्र श्रेष्ठ र डा. ईश्वरप्रसाद लोहनीको जोडीलाई ६–३, ६–५ ले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सिजर गुरुङ्ग र सागर रानाको जोडी र उत्तम बोगटी र प्रकाश बोगटीको जोडीले वाक ओभर पाई छनोट भएका छन् । इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको एकलतर्फको खेलमा अमुल्य सिंहले उत्तम बोगटीलाई ६–३, ६–१ ले, चन्द्र थापाले प्रदिप शाहलाई ७–६,६–३ ले, निरन्जन श्रेष्ठले संजय झालाई १–६, ६–३ र १०–८ ले तथा सिजर गुरुङ्गले त्रिभुवन विष्टलाई ६–३, ७–५ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मिश्रित युगलतर्फको खेलमा श्रीराम मगर र मायन्का राणाको जोडीले सुरज थापा र भगवती वि.क. को जोडीलाई ६–२, ६–२ ले, आत्माराम कार्की र एनी माथेमाको जोडीले आभाषबहादुर मल्ल र खुशी पाण्डेको जोडीलाई ६–०, ६–२ ले हराए । छेवाङ्ग लामा र बिभुती कार्कीको जोडीले अभिनव आचार्य र सलनी तामाङ्गको जोडीलाई ६–०, ६–१ ले, भिमबहादुर थापा र अभिलासा विष्टको जोडीले राजकुमार लामा र विजिसा श्रेष्ठको जोडीलाई ७–५, ६–२ ले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।