कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टनमा दिपेशको जित
बाह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ बाँकेकी सम्झना शर्मा, त्रिभुवन आर्मी क्लवकी मेघा चन्द, सोही क्लवकी अनुमाया राई र सुनैना मुखिया क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा सम्झना शर्माले मोरङ्गकी सिमा राजवंशीलाई २१–१५, २१–१४ ले तथा मेघा चन्दले सुनसरीकी सिता राईलाई २१–१५, २१–१९ ले र अनुमाया राईले मोरङ्गकी निता लम्साललाई २१–१९, २१–१७ ले पराजित गरेकी थिइन भने त्रिभुवन आर्मी क्लवकी सुनैना मुखियाले कैलालीकी दुर्गा शर्माबाट वाक ओभर पाएकी थिइन ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित सो प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न अन्य खेलमा पुरुष एकलतर्फको खेलमा त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङ्गले सुनसरीका सुजन श्रेष्ठलाई २१–०६, २१–०९ ले, नेपाल पुलिस क्लवका विष्णु कटुवालले नेपाल एपीएफ क्लवका पंकज चन्दलाई २१–१९, २१–१८ ले, त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठले बाँकेका इरफन अन्सारीलाई २१–१९, २१–१४ ले, नेपाल एपीएफ क्लवका इन्द्र महताले नेपाल पुलिस क्लवका दिपक बोहरालाई २१–०७, १५–२१ र २१–१८ ले पराजित गरी छनोट भएका छन् ।
त्रिभुवन आर्मी क्लवका दिपेश धामीले बाराका आर के श्रेष्ठलाई २१–०८, २१–०६ ले, नेपाल एपीएफ क्लवका विकाश श्रेष्ठले ताप्लेजुङ्गका मनकुमार लिम्बुलाई २१–०६, २१–०७ ले, नेपाल एपीएफ क्लवका जोशेफ अधिकारीले कैलालीका सञ्जीव खड्कालाई २१–१५, २२–२० ले र नेपाल एपीएफ क्लवका सुदिप सेढाईले सोही क्लवका सुमन लिम्बुलाई २१–१७, २१–१३ ले पराजित गरेका छन् ।
१७ वर्षमूनिको पुरुष एकलतर्फको खेलमा कञ्चनपुरका चिरन विष्टले ग्यालेक्सी पब्लिक स्कुलका दिपक अग्रवाललाई २१–०६, २१–०८ ले, सुनसरीका विशाल खड्काले झापाका आशिष भट्टराईलाई २१–१२, २१–०६ ले, त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जनले सुनसरीका अजय श्रेष्ठलाई २१–१४, २१–१० ले, झापाका प्रनिससिंह ठकुरीले नेपाल पुलिस क्लवका एलिस थापालाई २१–११, २१–०८ ले, कञ्चनपुरका सुनिल जोशीले कीर्तिपुरका दिप्रिसमुनि बज्राचार्यलाई २१–१४, २१–१९ ले, पराजित गरेका छन् ।
खोटाङ्गका जीवन आचार्यले सेन्टपल ईन्ट ईङ्गलिस स्कुल नयाँ बानेश्वरका सम्पुकहाङ्ग राई किरात लाई २१–०२, २१–०९ ले, नेपाल पुलिस क्लवका प्रिन्स दाहालले सोही क्लवका मनिष थापालाई २१–०८, २१–०८ ले, र त्रिभुवन आर्मी क्लवका रुकेश महर्जनले नेपाल पुलिस क्लवका कल्याण विक्रम अधिकारीलाई २१–०७, २१–०७ ले, पराजित गरी छनोट भएका छन् ।