दुर्ज र कृष्णको जोडी फाइनलमा
आठौ सहवीर स्मृती खुल्ला लनटेनिस प्रतियोगिताको ४५ वर्षमाथिको भेट्रान्स युगलतर्फको खेलमा दुर्जकुमार राई र कृष्णराज घलेको जोडी तथा डेगेन्द्र श्रेष्ठ र राजु क्षेत्रीको जोडी फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा राई र घलेको जोडीले दिनेश तुलाधर र चन्द्र शाहीको जोडीलाई ७–५, ७–५ ले पराजित गरेको छ भने श्रेष्ठ र क्षेत्रीको जोडीले संजय अमात्य र धर्म शाहीको जोडीलाई ६–१, ७–४ ले पराजित गरेको छ । यसैगरी सोही प्रतियोगिताको पुरुष एकलतर्फको खेलमा कमल भण्डारीले कुमार अधिकारीलाई ३–६, ६–१ र ६–२ ले, जितेन्द्र परियारले समरक्षक भूषण बज्राचार्यलाई ६–४, ७–६ ले पराजित गरी फाइनलमा पुग्न सफल भएका छन् ।
यसैगरी इन्टर गभर्मेन्टल सर्भिस पुरुष एकलतर्फको खेलमा चन्द्र थापाले निरञ्जन श्रेष्ठलाई ७–६, ६–२ ले, सिजर गुरुङ्गले अमूल्य सिंहलाई ४–६, ६–१ र १०–६ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् । यसैगरी ६५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा भिक्टर राणाले डा. इन्द्रजीत राईलाई ८–३ ले, भरत रामायाझीले चन्द्रमान तुलाधरलाई ८–१ ले पारजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी ५५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा मनोज राणाले कर्मा घलेलाई ६–१, ६–१ ले, ध्रुव गुरुङ्गले दिपक श्रेष्ठलाई ६–४, ६–४ ले, देवन लामाले छेम्वा ढन्ढुपलाई ६–२, ६–७ र १०–६ ले पराजित गरेका छन् भने पेमा टासीले वाक ओभर पाई सेमिफाइनलमा प्रवेश गरेका छन् । यसैगरी सातदोबाटो स्थित अखिल नेपाल लनटेनिस कोर्टमा आजै भएको सो प्रतियोगिताको ४५ वर्षमाथि भेट्रान्स एकलतर्फको खेलमा मनोज शाहले राजु श्रेष्ठलाई ६–४, ७–६ ले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
भेट्रान्स एकलतर्फ ३५ वर्षमाथिको खेलमा छेवाङ्ग लामाले रोहित सुनुवारलाई ६–१, ३–६ र १०–५ ले, महेश श्रेष्ठले प्रताप मोक्तानलाई ६–३, ६–४ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् भने ४५ वर्षमाथिको एकलतर्फको खेलमा कृष्णराज घलेले रजोजमान श्रेष्ठलाई ६–२, ६–४ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् । ५५ वर्षमाथिको भेट्रान्स युगलतर्फको खेलमा मनोज राणा र छेम्वा ढेन्ढुपको जोडीले भरत रायमाझी र धिर गुरुङ्गको जोडीलाई ६–१, ६–२ ले तथा ध्रुव गुरुङ्ग र सहदेव ढुंगानाको जोडीले कर्मा टासी र केसाङ्ग छेतन लामाको जोडीलाई ६–२, ४–६ र १०–७ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ भने डा. इन्द्रजीत राई र टेस्टेन नर्कोलको जोडीले वाक ओभर पाई सेमिफाइनलमा प्रवेश गरेका छन् ।
२१ चैतबाट सुरु भएको उक्त प्रतियोगिताको कूल पुरस्कार राशी ६ लाख ७८ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको कूल १३ इभेन्ट्समा पुरुष २ सय ३० र महिला २७ जना गरी कुल २ सय ५७ जना खेलाडीहरुको सहभागिता रहेको छ ।