दोश्रो मि. फिटनेश फस्र्ट शारीरिक सुगठन शनिबार

शारीरिक स्वस्थता मानविय धन, शारीरिक सुगठन स्वस्थ तन भन्ने भावनालाई मूर्त रुप दिने उद्धेश्यले “दोश्रोे मि. फिटनेश फस्र्ट शारीरिक सुगठन प्रतियोगिता” शनिबार हुने भएको छ । पहिलो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराई सकेको फिटनेश फस्र्ट क्लबले दोश्रो प्रतियोगितालाई समेत भव्यताका साथ सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पुरा गरि सकेको क्लब संचालक लक्ष्मण भट्टले जानकारी गराए । ६० हजार रुपैया पुरस्कार राशी रहेको प्रतियोगितामा ६० केजी, ७० केजी, ७५ केजी, ७५ केजी माथी र ओभरअलगरि ५ क्याटागोरीमा फिटनेश फस्र्टका शाखाहरुमा प्रशिक्षणरत ३० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक तौल समूहका विजयी खेलाडीहरु मेडल र ट्रफी प्राप्त गर्नुका साथै ओभरअलको लागि प्रतिस्पर्धा गर्ने छन् । सम्पूर्ण प्रतिस्पर्धामा विजयी खेलाडी दोश्रो मि. फिटनेश फस्र्ट शारीरिक सुगठन उपाधीका साथ मेडल, ट्रफी र २० हजार रुपैयाबाट सम्मानित हुनेछ । त्यस्तै प्रतियोगिताको फस्र्ट रनर अपले १५ हजार रुपैया, दोश्रोले १० हजार र तेश्रोले ५ हजार रुपैया सहित मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा वेष्ट काल्फ खेलाडी र उत्कृष्ट प्रशिक्षकले पनि ५ हजार रुपैया प्राप्त गर्नै प्रतियोगिता आयोजक लक्ष्मण भट्टले बताए ।
नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने एक दिने प्रतियोगिताका दौरान विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने रुजेश शाहीलाई पनि सम्मान गर्ने आयोजकले जनाएका छन् ।
फिटनेश फस्र्टले स्वस्थ नागरिक उत्पादन गर्ने उद्धेश्यका साथ कलङकी ढुंगेअड्डा, सतुङ्गल र थानकोटमा आफ्नो शाखा विस्तार गर्दै शारीरिक सुगठन खेलाडी उत्पादन गरिरहेको छ । “आफ्ना क्लबबाट उत्पादित खेलाडीहरु कुन स्तरका रहेका छन् र उनीहरुको विचमा प्रतिस्पर्धा गराउंदै उच्च स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतिस्पर्धा गराउन लागिएको लक्ष्मणले बताए ।

Comment