लाईफ सेभिङ्ग कोर्ष हुने

Manoj Shiama
8 April, 2016 11:07 am

स्वदेशमानै दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले विगतमा नेपाल पौडी संघले स्वेदेशी दक्ष प्रशिक्षकहरुबाट संचालन गर्दै आएको लाईफ सेभिङ्ग कोर्ष यस पटक देखि अन्तराष्ट्रिय लाईफ सेभिङ्ग महासंघको प्राविधिक सहयोगमा संचालन गर्ने भएको छ ।
नेपाल पौडी संघ अन्तराष्ट्रिय लाईफ सेभिङ्ग महासंघ संग आवद्ध भए पछि स्वेदशमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको लाईफ सेभिङ्ग कोर्ष हुन लागेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । उक्त कोर्ष आगामी २१ देखि २५ बैशाखसम्म संचालन हुने छ । कोर्ष संचालन गर्न अन्तराष्ट्रिय लाईफ सेभिङ्ग महासंघबाट प्रक्षिकहरु आउने छन् ।